सुरक्षाको भरपर्दो व्यवस्था नगरे विद्यालय बन्द गर्ने प्याब्सन र एन प्याब्सनको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७३, मंगलवार १४:५१

काठमाडौँ ।  निजी तथा आवासीय विद्यालयहरुका संगठन प्याब्सन र एन प्याब्सनले सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था नगरे विद्यालय नै बन्द गर्ने चेतावनी दिएको छ ।

ljBfnosf 9f]sfdf ad/fhwfgLsf] af}4 If]qdf /x]sf] afn;+;f/ :s'nsf] 9f]sfdf dªunaf/ laxfg zªsf:kb j:t' e]l6Pkl5 ;f] :yfgdf /flvPsf] k|];/ s's/ ad g]kfnL ;]gfsf] ad l8:kf]hn 6f]nLn] lgliqmo kfb}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले आजै संयुक्त प्रेस विज्ञप्ति निकालेर विद्यालयमा बम आतंक फैलाउनेलाई कडा कारबाहीको माग गरेका छन् ।

विभिन्न राजनीतिक दल सम्बन्ध भातृ संस्थाहरुले चन्दाका लागि आफूहरुसामु अनेक माग राखेर धम्की दिने गरेको विषयमा शिक्षा मन्त्रालयलाई पटक पटक जानकारी गराएपनि मन्त्रालयले आफ्ना कुरा बेवास्ता गरेको र त्यसकै परिणाम बम आतंक सिर्जना भएको प्याब्सन र एन प्याब्सनको निष्कर्ष छ ।

यस्तै, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । बम आतंकका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक रुपमा त्रसित भएको भन्दै उनले शान्ति क्षेत्रको रुपमा रहेका विद्यालयमा यस्ता घटना हुनु दुखद भएको टिप्पणी गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१