बिद्यालयमा बम राख्नेलाई कारवाही गर्न राष्ट्रिय अनलाइन पत्रकार संघको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७३, मंगलवार १४:१९

काठमाडौं,४ असोज  । राष्ट्रिय अनलाईन पत्रकार संघले उपत्यकाका बिभिन्न आधा  एक दर्जन विद्यालयमा बम राखेर आतंकित पार्नेहरुलाई तत्काल पक्राउ गरी कारवाही थाल्न माग गरेको छ ।mukunda

संघका  अध्यक्ष  मुकुन्द ढुंगानाले मंगलवार प्रेस विज्ञप्ति मार्फतविद्यालयमा बम राखेर आतंकित पार्नेहरुलाई  कुनै पनि बहानामा छुट नदिन आग्रह गरेका  छन् ।

ढुंगानाको विज्ञप्तिमा भनिएको छ : विद्यालयमा बम राखेर आतंकित पार्नेहरु क्रुर मानवता बिरोधी, शान्ति बिरोधी र आतंककारी गतिबिधि हो ।’ यस्ता  हिंसात्मक  गतिबिधि नसहने भन्दै ढुंगानाले जो सुकै भए पनि मानवता बिरोधी कार्यको रुपमा लिएर दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१