काठमाडौंका ७ र ललितपुरको एउटा स्कुल अगाडि शंकास्पद वस्तु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७३, मंगलवार ०९:३५

काठमाडौँ,४ असोज ।   काठमाडौंका ७ र ललितपुरको एक वटा स्कुलमा बम भेटिएको छ। बौद्धमा ५ महाराजगन्ज र डल्लुमा एक एक गरी ७ स्थानमा बम भेटिएको काठमाडौंका एसएसपी विक्रमसिंह थापाले जानकारी दिए।
काठमाडौंको डल्लुस्थित कञ्चजजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र बौद्ध दक्षिणढोकास्थित मनोकामना लगायतकाका स्कुलमा एकाबिहानै शंकास्पद वस्तु भेटिएको एसपी प्रद्युम्न कार्कीले बताए।%e0%a4%ac%e0%a4%ae

त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा पनि प्रेसरकुकर बम भेटिएको छ। शंकास्पद वस्तु भेटिएको स्थानमा योंङ कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको छ। बम भेटिएको स्थानमा सेनाको बम डिस्पोजल टोली पुगेको छ।
राजधानीमा शंकास्पद वस्तु राख्ने समूहले यसअघि काठमाडौंमा बस जलाएका थिए। सो समूहका सुमन देवकोटालगायतमाथि प्रहरीले मुद्दा समेत चलाएको थियो।
गरिवका छोराछोरीलाई देशभरका निजी स्कुलमा निशुल्क पढ्न पाउनुपर्ने, निजी विद्यालय र सरकारी विद्यालयबीच पाठ्यक्रममा एकरुपता ल्याउनुपर्ने ९ वटा मागसहित सो समूहले शंकास्पद वस्तु राखेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१