तन्त्र विज्ञान पुस्तक बजारमा…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७३, आईतवार १०:३८

समाजमा तन्त्र विषयको नकारात्मक टिप्पणी र भ्रम सिर्जना भएकै बखत तन्त्र विज्ञान नामक पुस्तक वजारमा आएको छ । तन्त्रविद् डा. मिलनकुमार थापाद्धारा लिखित पुस्तक तन्त्र विज्ञान आश्विन १ विश्वकर्मा दिवसकै दिन संस्कृति विद् सत्यमोहन जोशी, प्रा.डा वेणि माधव ढकाल र दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष लोकराज पौडेल र जर्नेल बालकृष्ण कार्कीले विमोचन गर्नुभएको थियो ।
अन्धविश्वास र कुरीति भन्ने गरेको तन्त्रलाई यस पुस्तकले आम जनमानसमा झारफुक र ढ्याग्रो बजाउने मात्र नभई तन्त्र पद्धतिले सभ्य समाज र मानव हितका लागि सहयोग पु¥याउने कुरा पुस्तकका सम्पादक हरि सोडारीले बताउनु भयो ।pks_8811_resize-1

नेपाली भाषामा तन्त्र सम्वन्धि ग्रन्थको अभाव अनि तन्त्र साधकहरु आफैं भ्रममा परिरहेको अवस्थामा यो पुस्तक तन्त्रको क्षेत्रमा कोसे ढुंगा सावित भएको र यो एक तन्त्र ग्रन्थकै रुपमा परिचित हुने पनि प्रा.डा वेणि माधव ढकालले टिप्पणी गर्नुभयो । दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष लोकराज पौडेलले तन्त्र र ज्योतिषको क्षेत्रलाई सुब्यवस्थित र सभ्य वनाउन यस भित्रको विकृति हटाइनुपर्ने आवश्यकता रहेको सन्देश दिनुभयो ।

तन्त्र विज्ञान टेलिभिजन कार्यक्रम पनि निरन्तर सञ्चालन हुदै लोकप्रिय वनेको र यस पुस्तकले झनै सहज वनाएको तन्त्र विज्ञान टेलिभिजन कार्यक्रमका निर्देशक कृष्णमुरारी पुडासैनीले वताउनुभयो । दिनप्रतिदिन सकारात्मक प्रयोगको सन्देशले आम युवामा पनि तन्त्र प्रतिको भ्रम हटेको र नकारात्मक प्रयोगमा निरुत्साहन गर्दै तन्त्रको प्रभाव वढाउन आफ्नो संस्कृतिको शहि र वास्तविक अर्थ बुझि पद्धति अपनाउन जरुरी रहेको पनि पुडासैनीले वताउनुभयो ।

तन्त्र विना संस्कृति, पुजा पद्धति अनि हाम्रो धर्मकै अस्तित्व नहुने भएकाले यसलाई भावी पुस्ताले समेत ग्रहण गर्नुपर्ने र पुस्तकको माध्यमले त्यसको लागि प्रेरणा मिलेको कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले वताउनुभयो ।

पुस्तकका लेखक तन्त्रविद् डा. मिलनकुमार थापाले बोक्सीको आरोप, मानव वलि देखि तन्त्रको विषयलाई लिएर दिनानु दिन सञ्चार माध्यममा नकारात्मक समाचारले आफु दुखि भएको र सरकारले जिम्मा दिएमा पाँच वर्षमा त्यसलाई निमिट्यान्न पार्न सक्ने समेत क्षमता आफुमा भएको दावी गर्नुभयो । तन्त्रको नकारात्मक खवर मात्रले भ्रम सिर्जना भएको र तन्त्रको असल प्रभाव वारे कसैले खोजी नगरेकाले तन्त्रको यो हालत भएको पनि थापाले उल्लेख गर्नुभयो ।

श्री हनुमान तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टर र मुनक्विन सिमसन फाउण्डेशनको आयोजना भएको कार्यक्रममा फाउण्डेशनका संस्थापक द्धय मुनक्विन थापा र सिमसन थापाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई नगद सहयोग गर्नु भएको थियो भने अध्यात्म संगै अन्य क्षेत्रमा सेवा गर्नुहुने महानुभावहरुलाई समेत सम्मान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१