आयो एप्पलको आईओएस १०, यी हुन् नयाँ फिचर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७३, आईतवार ०७:५७

एप्पलले आईओएसको नयाँ संस्करण ‘आईओएस १०’ सार्वजनिक गरेको छ । एप्पलका अनुसार आइफोन, आइप्याड र आइपोडको लागि आईओएसको नयाँ संस्करण ल्याईएको हो ।%e0%a4%8f%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%88%e0%a4%93%e0%a4%8f%e0%a4%b8-%e0%a5%a7%e0%a5%a6
एप्पलका कार्यकारी प्रमुख टिम कुकले आईओएस १० अहिलेसम्मकै सर्वाधिक परिष्कृत मोबाइल अपरेटिङ सिस्टम रहेको दावी गरेका छन् ।
आईओएस १० मा मेसेजिङ एप ‘आई म्यासेज’ म्यासेजिङमा धेरै परिवर्तन गर्दै स्टिकर, एनिमेसन र इमोजी किबोर्ड लगायत राखिएको छ । यसमार्फत् प्रयोगकर्ताले आफ्नो हस्तलिखित सन्देशलाई पनि पठाउन सक्नेछन् भने नदेखिने मसीको प्रयोग गरेर पनि सन्देश पठाउन सकिनेछ ।
यस्तै, च्याटमा समयको बचत गराउन ट्याप ब्याक फिचर र इनबिल्ट म्याप्समा पनि परिवर्तन गरिएको छ ।
यसैगरी, एप्पलले आफ्नो सिरी भ्वाइस रेकर्डिङ सफ्टवेयरलाई थर्ड पार्टीले पनि प्रयोग गर्न सकिने किसिमले बनाएको छ । जसको कारण आईओएस १० का धेरै एप्सहरूले सिरीलाई सर्पोट गर्नेछ । आईओएस १० आइफोन ५ देखि माथिका संस्करणहरूमा काम गर्नेछ । आइप्याडमा फोर्थ जेनेरेसन, आइप्याड एयर, आइप्याड मिनी २, आइप्याड प्रोको ९ दशमलव ७ इन्चभन्दा माथिका लागि मात्र सर्पोट गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१