लिभरपुलले चेल्सीलाई हरायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७३, आईतवार ०७:२९

लण्डन ।  इङ्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई पराजित गरेको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २(१ गोलअन्तरले पराजित गरेको हो।ft-ch

खेलको १७औं मिनेटमा गोल गर्दै लिभरपुलका रक्षक डिजेन लोरनेले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३६औं मिनेटमा कप्तान जोर्डन हेन्डरसनले गोल गर्दै टोलीलाई पहिलो हाफमा २(० को अग्रता दिलाएका थिए।

चेल्सीका लागि उत्कृष्ट लयमा रहेका स्ट्राइकर डिएगो कोस्टाले खेलाके ६१औं मिनेटमा गोल गर्दै खेललाई २(१ गोलको अवस्थामा ल्याएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल लिभरपुलले २(१ ले जित्यो। जारी लिगमा चेल्सीको यो पहिलो हार हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०