जया मल्टिपलको वार्षिकोत्सवमा रुख रोप्नेदेखि नाचगानसम्म (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७३, शनिबार ०८:१२

काठमाण्डौ। काठमाण्डौको गोकर्णेश्वर –१५ स्थित वागमतीको किनारमा शुक्रबार बिहानै युवादेखि अधवैंशे मानिसहरु हातमा आफुभन्दा अग्ला,कुनै होचा रुखका विरुवा लिएर उभिएको देखिए । एकैछिनमा उनीहरुले वागमती किनारमा दर्जनौ वृक्षारोपण गरे । जहाँ सांसद साहित्यकारदेखि शिक्षक, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधी सहभागी भए ।
प्रसंग हो गोकर्णेश्वर – १५ मा अवस्थित जया मल्टिपल क्याम्पसको १३ औ वार्षिकोत्सव । क्याम्पसले सो क्षेत्रका जनप्रतिनिधी,विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधी,साहित्यकार तथा सयौँ विद्यार्थीको बिचमा शुक्रबार आफ्नो १३ औ वार्षिकोत्सव सम्पन्न गरेको छ । बरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवस,सो क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद रामेश्वर फुयाँल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको जमघट गराएर क्याम्पसले आफ्नो बार्षिकोत्सव मनाएको हो । ३ भागमा बाडिएको कार्यक्रम अन्तर्गत सुरुवातमा वागमती किनारमा वृक्षारोपण गरिएको हो भने त्यसपछि औपचारिक कार्यक्रम र तेस्रो चरण अन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको हो । कार्यक्रममा क्याम्पसका अध्यक्ष जगन्नाथ देवकोटाले क्याम्पसलाइ यो सफलतासम्म ल्याउन सहयोग गर्नुहुने सवैलाइ धन्यवाद ज्ञापन गर्नुभयो । क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले क्याम्पस व्यवस्थापन पक्षका पदाधिकारी,शिक्षक,विद्यार्थी,अभिभावक लगायत स्थानीयको सहयोग र अथक प्रयासमा नै जया मल्टिपल क्याम्पसले उत्कृष्ट क्याम्पसको सुचीमा पनि अग्रपङ्तितर्फ लम्किरहेको बताउनुभयो । जया मल्टिपल क्याम्पसमा अध्ययनरत विद्यार्थीले हरेक वर्ष विशिष्ट श्रेणी लगायतका उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेका छन् । %e0%a4%9c%e0%a4%af%e0%a4%be-%e0%a4%a6%e0%a5%87%e0%a4%ac%e0%a4%95%e0%a5%8b%e0%a4%9f%e0%a4%be %e0%a4%ae%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%80 %e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%ad%e0%a4%b0%e0%a4%be-%e0%a5%a7 %e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%ad%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%af%e0%a4%be %e0%a4%9c%e0%a4%af%e0%a4%be-%e0%a5%a9 %e0%a4%9c%e0%a4%af%e0%a4%be-%e0%a5%a8 %e0%a4%9c%e0%a4%af%e0%a4%be-%e0%a5%a7

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१