जया मल्टिपल क्याम्पसको १३ औं वार्षिकोत्सव भब्यताको साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७३, शुक्रबार १९:०३
%e0%a4%9c%e0%a4%af%e0%a4%be-%e0%a5%a8काठमाडौँ ।  जया मल्टिपल क्याम्पसको २६ औं वार्षिकोत्सव कार्यक्रम भव्य समारोहका बीचमा शुकबार क्याम्पस प्राङ्गणमा सम्पन्न भएको छ ।
क्याम्पसको १३   औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित वार्षिकोत्सव कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एव्म बरिष्ठ साहित्यकार तुलसी दिबसले गर्नुभएको थियो । सो अवसरमा बोल्दै दिवसले  नेपालका विश्वविद्यालयहरू आर्थिक संकटबाट गुज्रिरहेको बताउँदै उच्चशिक्षाको गुणस्तर सुधारका लागि सरकारले विशेष नीति बनाउनु पर्नेमा जोड दिनु भयो । नेपालका सबै विश्वविद्यालयहरू र सो अन्तर्गतका क्याम्पसहरूको शैक्षिक, भौतिक र गुणस्तर अभिवृद्धिका लागि आर्थिक सहयोग गर्दै आएकोमा हाल विश्वविद्यालय अनुदान आयोगमा पनि आर्थिक संकट परेकोले सरकारले यो समस्या समाधानका लागि गम्भिर भएर लाग्नु पर्ने आग्रह गरे । 
 
यसै गरी सांसद रामेश्वर फुयालले  क्याम्पसले गरेको शैक्षिक, भौतिक र सामाजिक प्रगतिको प्रशंसा गरेका थिए ।  क्याम्पसका सस्थापक अध्यक्ष जगनाथ देवकोटाको सभापतित्वमा आयोजित सो कार्यक्रममा ९२ स्कुल क्याम्पसका प्राध्यापकहरुको उपस्थिति रहेको थियो   ।
 
 वार्षिकोत्सवका अवसरमा आयोजित सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई  पुरस्कृत गरेका थिए । सोही अवसरमा  महत्वपूर्ण योगदान पु¥याउने समाजसेवीहरुलाई  विशेष सम्मान गरिएको थियो । यस्तै अतिथिहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
 
वार्षिकोत्सव कार्यक्रममा क्याम्पस प्रमुख भवानी पौडेलले क्याम्पसको १३ औं वार्षिकोत्सवको सन्दर्भमा क्याम्पसको स्थापनामा सहयोग गर्ने समाजसेबी विद्यार्थीहरूलाई क्याम्पसका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न मनोरन्जनात्मक गतिबिधि सहित सम्पन्न भएको थियो ।

%e0%a4%9c%e0%a4%af%e0%a4%be-%e0%a5%a7  %e0%a4%9c%e0%a4%af%e0%a4%be-%e0%a5%a9 %e0%a4%9c%e0%a4%af%e0%a4%be

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०