कक्षा १२ को परिक्षाफल प्रकाशित, ४८.१७ प्रतिशत विद्यार्थी उतिर्ण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७३, सोमबार १८:१६

%e0%a4%95%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a5%a7%e0%a5%a8काठमाडौँ ,२७ भदौ ।  राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को सबै संकायको परिक्षाफल सोमबार सार्वजनिक गरेको छ । परिक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८।१७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।
नियमिततर्फ परिक्षामा एक लाख ७५ हजार ५ सय ९३ विद्यार्थी सहभागी थिएभने ८४ हजार ५ सय ९३ बिद्यार्थी उतिर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परिक्षा दिएकोमा ४८ हजार ७ सय ६३ जना उतिर्ण भएका छन् । यो ३९।५९ प्रतिशत हो ।
गत बैशाख २० देखि सुरु भएको व्यवस्थापन, मानविकी र शिक्षालगायत सबै समुहको नतिजा सार्वजनिक गरिएको हो । बिज्ञान समुहको भने यसअघि नै परिक्षाफल प्रकाशन भइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१