बिराट कोहलीको कप्तानीमा भारतीय टिम घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७३, सोमबार १३:४४

नया दिल्ली। न्युजिल्यान्डविरूद्ध आगामी घरेलु शृंखलाका लागि भारतले आफ्नो टेष्ट टोलीको घोषणा गरेको छ।

सोमबार केही समयअघि गरिएको घोषणामा अलराउन्डर स्टुअर्ट बिन्नी र बलर सार्दुल ठाकुर १५ सदस्यीय टिमबाट बाहिरिएका छन्। बिराट कोहलीको कप्तानीमा घोषणा भएको भारतीय टेष्ट टोलीले सेप्टेम्बर २२ देखि सुरु हुने तीन टेष्टको शृंखलामा भाग लिनेछ। टिममा वेष्ट इन्डिज भ्रमणमा रहेका सबै खेलाडीलाई स्थान दिइएको छ।

भारतीय टिमः

विराट कोहली (कप्तान), केएल राहुल, शिखर धवन, चेतेश्वर पुजारा, अजिन्का रहाणे, मुरली विजय, रोहित शर्मा, रविचन्द्रन अश्विन, रिद्धिमान शाह, रविन्द्र जडेजा, मोहम्मद सामी, इसान्त शर्मा, भुवनेश्वर कुमार, अमित मिश्रा र उमेश यादव।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१