छात्रवृत्तिको रकम बिद्यालय भवन निर्माणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७३, मंगलवार १६:४१

लक्ष्मीराज पाध्याय । पञ्चलक्ष्मि निमाबि सिराडिमा आर्थिक बर्ष ०७२।०७३ को छात्रवृत्ति रकम दुरुपयोग भएको खुलाशा भएको छ । बिद्यालयमा अध्यनरत छात्रा, दलित छात्रछात्र र अपाङ्ग छात्रवृत्ति अर्को आर्थिक बर्ष लागि सक्दा पनि बिद्यार्थीले नपाएको बताएका छन् ।
जिल्ला शिक्षा कार्यलय बाजुराले २०७२ साल पौष ६ गते बिद्यालयको खातामा पठाएको थियो । तर अहिले सम्म छात्रवृत्ति नपाएको कक्षा ६ मा अध्यनरत दलित छात्रा शितलपुरा चदाराले वताएकि छन् । जिल्ला शिक्षा कार्यलय बाजुराले ६८ जना छात्रालाई ४ सयका दरले २७ हजार ३ सय ८३, दलित छात्र छात्रा छात्रवृत्ति १ सय १२ जनालाई ४ सयका दरले ४४ हजार ८ सय र ५ जनालाई १ हजारका दरले ५ हजार अपाङ्ग छात्रवृत्ति गरी जम्मा ७७ हजार १ सय ८३ पठाएको थियो । अघिल्लो बर्षको पौषमा पठाएको भएपनि बिद्यार्थीले भने अहिले सम्म नपाएको गुनासो गरेका छन् ।
गरिब, पिछडिएका वर्ग, दलित, छात्राहरु, अपाङ्ग र जेहेन्दार बिद्यार्थीलाई बिद्यालयको पहुँचमा पुयाउनका लागि सरकारले छात्रवृतिको ब्यब्स्था गरेको छ । तर पञ्चलक्ष्मि निमाबिले भने बिद्यार्थीले बितरण गरेको छैन् । सोही बिद्यालयमा अध्यनरत टुहुरा तथा दलित वालवालिका शितलपुरा चदारा, पानसा चदारा र गंगा चदाराले आर्थिक अभाबमा कापि कलम किन्न पनि पैशा नभएको बताएका छन् । आफुहरुलाई छात्रवृति कहिले दिन्छन कहिले दिदैन, गएको बर्ष नपाएको सरले पनि केही नभनेको पानसा चदाराले बताएकि छन् ।
बिद्यालयका प्रअ मंगल बिश्वकर्माले भने अभिभाबक र बिद्यालय ब्यबस्थापन समितिको मौखिक सहमतिमा बिद्यालयको भवन निर्माणमा खर्च गरेको बताएका छन् । जिल्ला शिक्षा कार्यलय बाजुराले १३ लाख ५० हजारको २ कोठे भवन निर्माणका लागि रकम दिएको थियो । पहिलो किस्ताले भवन निर्माण गर्न नपुगेका कारण सबै सहमतिमा भवन निर्माणमा खर्च गरेको वताएका छन् । सबैको मौखिक सहमतिमा भवन निर्माणको दोस्रो किस्ता आएपछि छात्रवृत्ति बितरण गर्ने सहमतिका आधारमा अन्यत्र प्रयोग गरेको हो, भवन निर्माण नसकिएका कारण दोस्रो किस्ता नआएकाले बितरण नगरेको दाबि गरेका छन् । भवन निर्माण कार्य गएको अषाढमा सकिनु पर्ने भएको भएपनि अहिले सम्म सम्पनन हुन सकेको छैन् ।
स्रोत ब्यक्ति पे्रमराज रेग्मिले भने आफुहरु कहाँ छात्रवृत्ति बितरण गरेको बिद्यालय बाट जानकारी आएको तर बिद्यार्थीले पाए नपाएको कुनै जानकारी नभएको वताएका छन् । जिल्ला शिक्षा कार्यलय बाजुराका प्राबिधिक साहयक उमेश रेग्मिका अनुसार गएको बर्षको छात्रवृत्ति सबै बिद्यालयलको खातामा हालेर अषाढ महिनामा भपाई आइसकेको छ, त्यो बिद्यालयले बितरण गरे नगरेको खोजी गर्ने बताएका छन् । जिल्लामा शिक्षा क्षेत्रमा अनुगमन हुन नसक्दा शिक्षा क्षेत्रको रकम अनियमित भइरहेको पाईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१