विज्ञापन ल्याउने समाचारपत्रको काइदा, यसरी झुक्यायो पाठकलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७३, सोमबार ०६:२१

काठमाडौँ ।  नेपाल समाचारपत्र दैनिकले भदौ १७ गते शुक्रबार पहिलो पृष्ठमा निकै महत्वका साथ एउटा समाचार छाप्यो- खबरदार, फस्नुहोला नि! शीर्षकमा।

Nepal Samachar Patraसमाचारमा भनिएको छ- ‘राजधानीमा जारी नाडा अटो सोको फाइदा उठाउँदै भारतमा समेत अस्वीकृत भएको ड्याट्सन गो गाडी नेपालमा बिक्री गर्ने प्रयास भैरहेको छ।’

समाचारमा ‘जापनी कम्पनी निसानले उत्पादन गरेको भनी प्रचार गरिएको ती कम्पनीका गाडी भारतमा बिक्रीवितरणमा रोक लगाइएपछि नेपालमा सस्तो मूल्यमा बिक्रीवितरण गरेको रहस्य खुलेको’ उल्लेख छ।

पढ्नुस् समाचारपत्रमा प्रकाशित समाचारः

Nepal Samachar patra Main News

क्रमशः…….

Nepal Samachar Patra news remain

तर भयो के भने यो समाचार छापेको पर्सीपल्ट अर्थात भदौ १८ गते आइतबार समाचारपत्रको पहिलो पृष्ठमा यही गाडीको ज्याकेट विज्ञापन छ। पहिलो पृष्ठ ढाकिने गरी पत्रिकामा आउने विज्ञापनलाई ज्याकेट विज्ञापन भनिन्छ।

हेर्नुस् विज्ञापनः

Nepal Samachar Patra Advertisement

अघिल्लो दिन फस्नुहोला भन्दै समाचार लेखेर भारतमा बेच्न रोक लगाइएका गाडी नेपालमा बेचियो भन्ने अनि दुई दिनमै त्यही गाडीको विज्ञापन पहिलो पेजमा छाप्ने?

समाचारपत्रले समाचार छाप्नु एक दिनअघि काठमाडौंबाट प्रकाशित केही दैनिक पत्रिकाहरुमा ड्याट्सन गो गाडीले ज्याकेट विज्ञापन दिएको थियो। तर त्यस दिन समाचारपत्रमा छापिएन। त्यसको भोलिपल्ट समाचारपत्रमा नकारात्मक समाचार छापियो र पर्सीपल्टै विज्ञापन पायो।

अब भन्नुस् कसले झुक्यायो? ड्याट्सन गो गाडीले कि नेपाल समाचारपत्रले ?

साभार – मिडिया कुराकानी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१