राजधानीमा गाडीको मेला सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७३, मंगलवार १२:२२
काठमाडौं ।मंगलबारदेखि राजधानीमा ‘नाडा अटो-शो’ सुरु भएको छ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले काठमाडौंको भृकुटीमण्डपमा मेलाको उदघाटन गरे । मेलामा ३६ वटा ब्राण्डका सवारी साधन राखिएको छ ।gadi mela

नाडा अटो शोमा १६ वटा ब्राण्डका चार पांग्रे , १५ वटा ब्राण्डका दुई पांग्रे र ५ वटा ब्राण्डका कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टस्का पनि स्टल छन् ।

अटो शोमा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने कम्पनीहरुले बताएका छन् ।अटो मेला भदौ १९ गतेसम्म चल्ने छ ।

प्रदर्शनी ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१