विद्यार्थीहरुले किन निकाले सेक्स टोय जुलुस ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७३, आईतवार ०९:४२

sex-toyअमेरिकाको टेक्सास विश्वविद्यालयका करीब ४५ सय विद्यार्थीहरुले क्याम्पसमा बन्दुक लिएर आउन इजाजत दिने नयाँ सरकारी कानूनको विरोधमा अभियान छेडेका छन् ।

अगष्ट १ देखि बन्दुक राख्न पाउने कानून लागू भएको छ । जस अनुसार बन्दुक राख्ने लाइसेन्स भएको विद्यार्थीले उक्त बन्दुक विश्वविद्यालयमा समेत लिएर आउन पाउँदछ ।

विद्यार्थीलाई बन्दुक लिएर कलेज आउन दिने कानूनको विरोध गर्न विद्यार्थीहरुले अनौठो शैली अपनाएका छन् । उनीहरुले बन्दुकको विरुद्धमा सेक्स टोयको जुलुस निकालेका छन् ।

क्याम्पसमा सेक्स टोय बोक्न निषेध गरिनु तर बन्दुक बोक्न अनुमति दिनु निकै अमिल्दो कानून रहेको अभियानकर्ताको भनाई छ ।

एक तथ्यांक अनुसार सन् २०१५ मा अमेरिकाका विभिन्न स्कुल तथा विश्वविद्यालयमा भएका गोलाबारीका ६४ वटा घटनामा कम्तिमा १९० जनाको ज्यान गएको थियो ।

कक्स नट ग्लक्स नामक अभियानकी अभियानकर्मी जेसिकाले र्यालीका क्रममा भनिन्ः हामी चाहन्छौँ की मानिसहरु अडिएर सोँचुन् । आखिर कुनैपनि हिंसा नगर्ने सेक्स टोय आफ्नो साथमा राखेर कलेजमा ल्याउनु गलत हो भने बन्दु राख्न पाउने चलन कसरी सही हुनसक्छ रु

अभियानकर्मी ४५ सय विद्यार्थीहरुले बन्दुक कानूनको विरोधमा क्याम्पसमा सेक्स टोय बोकेर आउन थालेका छन् र यो अभियान निकै लोकप्रिय बनिरहेको छ । विद्यार्थीहरुले यस्तो विरोध शैलीले सरकारलाई कानून संसोधन गर्न दबाब सिर्जना हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०