यस्ता छन् बिहान सबेरै उठ्नुका फाइदाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७३, शनिबार ०६:३६

यस्ता छन् बिहान सबेरै उठ्नुका फाइदाहरुबिहान चाँडै उठ्नु

आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन ।

पानी पिउनु

साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले उक्त समयमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ ।

योग गर्नुपर्छ

बिहान योग गर्दा फिट रहने मात्र नभै मोटोपन पनि घट्छ । ध्यान तथा लामो समयसम्म सास लिने आसन गरे पूरै दिन ऊर्जामय रहन्छ ।

तातोपानी मह र कागती

बिहान पेट सफा भएन भने तातोपानीमा कागती र मह मिसाएर पिउनुपर्छ । यसले मोटोपन पनि कम गर्छ ।

जगिङ गर्नु

बिहान एक्सरसाइज, एरोबिक्स, मर्निङ वाक वा जगिङमा निस्कनु राम्रो हुन्छ ।

बिहानै नुहाउनु

आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ ।

चिया(कफीको साटो जुस

दिनको सुरुआत चिया(कफीबाट भन्दा पनि जुसबाट गर्नुपर्छ । चिया, कफीले दिमागलाई क्रियाशील गराए पनि शरीरमा हानी पुर्‍याउँछ । त्यसैले जुस पिउनु फाइदाजनक हुन्छ ।

हेभी ब्रेकफास्ट

ब्रेकफास्ट गर्न छोड्नुहुँदैन । सधै पेटभरि नास्ता गर्नुपर्छ । ब्रेड, ओट्स, कर्नफ्लेक्स तथा फलफूलका साथमा अण्डा पनि खानुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०