नगरोन्मुख गाउँमा सडक, खानेपानी, खुला स्थानलगायत न्यूनतम् सुविधा पुर्‍याएर सुन्दर सहर बनाउने : मन्त्री केसी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७३, शनिबार ०६:०१

नगरोन्मुख गाउँमा सडक, खानेपानी, खुला स्थानलगायत न्यूनतम् सुविधा पुर्‍याएर सुन्दर सहरकाठमाडौं, ११ भदौ  । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नगरोन्मुख गाउँको पूर्वाधार विकासमा पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार पदभार ग्रहणपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने–‘नगरोन्मुख गाउँमा सडक, खानेपानी, खुला स्थानलगायत न्यूनतम् सुविधा पुर्‍याएर सुन्दर सहर बनाइनुपर्छ, अव्यवस्थित सहर निर्माण र ठूला भवन बनाउने मानसिकतालाई अब त्याग्नुपर्छ ।’
मन्त्रालय स्तरीय बिकास समस्या समाधान समिती को बैठकको अध्यक्षता गर्दै मन्त्री केसिले नगर विकास समितिहरुलाई सक्षम वनाउने,जनता अाबास कार्यक्रमलाई प्रभावकारी बनाइने ,वाकी नगर विकास समितिहरु लाई चाडै पुर्ण वनाईने वताउँदै मन्त्रालयका सबै ईकाईसंग छलफल गरेर प्रभावकारी कार्ययोजना बनाइने बताउनु भयाे ।
त्यसक्रममा मन्त्री केसिले अाफु राम्रो काम गर्ने लाई पुरस्कृत र गलत गर्ने लाई नसिहतको नीति अख्तियार गर्न दृढ़ रहेको बताउदै मन्त्रालयलाई आफ्नो कार्यकालमा उत्कृष्ट बनाउन सबै राष्ट्रसेबकहरुको सहयोग अपरिहार्य रहेको समेत बताउनुभयाे ।

विकास निर्माणमा छुट्याइएको बजेट आव सकिन २२ दिन बाँकी हुँदा ३९ प्रतिशत खर्च हुने र आवको अन्तमा ९८ प्रतिशत पुग्ने प्रक्रियालाई रोक्न सुरुदेखि नै अनुगमनलाई प्रभावकारी बनाइनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१