दुई वटा खाजा घरमा सिल गर्नुको साथै अन्य केही स्थानबाट सामान नष्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७३, शनिबार ०५:४७

सिलकाठमाडौँ ,११ भदौ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अगुवाइमा साउन ३१ गतेदेखि बजार अनुगमन भइरहेको छ । अनुगमनकै क्रममा विगतमा भएको अनुमगनको समयमा दिइएको निर्देशन पूरा नगरेको र खाजा घरको नाम राखेर ठूलो परिणममा लोकल मदिरा बिक्री गरेको भन्दै स्टार इन्टरप्राइजेज, शान्तिनगर र हाम्रो खाजा घर बोडे, भक्तपुरमा सिल गरिएको छ ।

त्यसैगरी तोकिएको मापदण्डभन्दा कम तौल भएको सिलिन्डिर पाएपछि पेप्सिकोलामा रहेको सगरमाथा ग्यास उद्योग प्रालि र कोटेश्वरमा रहेको मेट्रो ग्यास उद्योग प्रालिमा रहेको कम तौल भएको सिलिन्डर सिल गरी थप कारबाहीको लागि नेपाल गुणस्तर तथा नापतौल विभागमा पठाईएको छ  ।

आइकालु मिट सेन्टर नयाँ बानेश्वरमा पनि लेवल नभएको र खानका लागि अयोग्य ठहर भएका सामु नष्ट गरिएको छ । न्यु फिस हाउस कालीमाटीबाट १५ किलो, ताजा माछा पसल कालीमाटीबाटै ४७ किलो माछा र खत्री कोल्ड स्टोर सानेपाबाट ७६ किलो माछा नष्ट गरिएको छ ।

विमला स्वीट एन्ड चाट हाउस बागबजार चार किलो खुवा नष्ट गरिएको छ । पाटन औद्योगिक क्षेत्रमा क्वालिटी वाटर एन्ड वेभरेज प्रालिबाट परीक्षणको लागि पानी ल्याइएको र इको पोलिप्याक एन्डस्ट्रिजलाई व्यवसाय दर्ता तत्काल गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१