म अहिलेका युवा पुस्ताको लागि प्रेरणा बन्न चाहन्छु: मन्त्रि गगन थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७३, शुक्रबार १४:२०

काठमाडौं । कृष्णप्रसाद सिटौला समूहबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका गगन थापाले शुक्रबार शपथ ग्रहण गरेलगत्तै आफ्नो कार्यभार सम्हालेका छन् ।थापाले जीवनमा पहिलो पटक मन्त्री भएपछिको पहिलो काम बैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण सम्बन्धी फाइलमा हस्ताक्षर गरेर थालेका छन् ।mantri thapa

मन्त्री थापा भन्छन्, ‘म अहिलेका युवा पुस्ताको लागि प्रेरणा बन्न चाहन्छु । म यो पुस्ताले सम्झने गरी काम गर्छु ।’

शीतल निवासमा मन्त्री पदको सपथ्रहण गरेर मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका थापाले बैदेशिक रोजगारमा जानेको स्वास्थ्य परिक्षणमा हुने समस्या समाधानका लागि समिति गठनको फाइलमा हस्ताक्षर गरे ।

वैदेशिक रोजगारीमा जाने क्रममा युवाहरुमा स्वास्थ्य परिक्षणलाई लिएर समस्या हुने गरेको विषयमा मन्त्रालयमा समेत बेलाबखत उजुरी पर्ने गरेको छ ।

समिति गठन पश्चात्त वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परिक्षण भरपर्दो र विश्वसनीय हुने मन्त्री थापाले बिश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१