‘हेभी मेकअप’ नगरेको अवस्थामा दीपिका काली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७३, शुक्रबार १२:३०


deepikaकाठमाडौँ । ‘हेभी मेकअप’ नगरेको अवस्थामा दीपिका काली छिन् । घाँटी र छातीका देखिने भागमा अनेक सौन्दर्य सामग्री दलेर उनले आफूलाई सार्वजनिक स्थानमा उज्यालो देखाउने गरेकी छिन् । बलिउडकी चर्चित अभिनेत्री उनी बाहिर निस्कँदा सनब्लक लोसनले छालालाई घामबाट जोगाउने गर्छिन् ।
कामबाट राति घर फर्किएपछि अनुहारमा लगाएको सबै मेकअप राम्रोसँग धोएर हाइड्रेटिङ क्रिम दल्ने गर्छिन् । कपाललाई चम्किलो राख्न उनी हरेक दिन नरिवलको तेलले कपाल मसाज गर्छिन् ।

‘तपाईं कसरी यति फिट र ब्युटिफुल हुनुहुन्छ’ भनी कसैले सोध्यो भने दीपिकाको जवाफ हुन्छ– ‘प्रशस्त तरकारी खानुस्, मस्तसँग निदाउनुस्, नियमित व्यायाम गर्नुस् र नराम्रो विचारलाई मनमा सकेसम्म आउन नदिनुस् । तपाईं पनि मजस्तै देखिनुहुन्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१