नयाँ भेटिएको ग्रहमा जीवन पाइन सक्ने सम्भावनाका कारण वैज्ञानिक उत्साहित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७३, शुक्रबार ०६:१६

grhaगएका दुई दशकमा खगोलशास्त्रीहरुले आकाशगङ्गामा छरिएका कयौं ग्रह भेटेका र अध्ययन गरेका छन्। त्यसमध्ये केप्लर(४५२ बीजस्ता ग्रह पृथ्वीसँग मिल्दाजुल्दा छन् िपृथ्वीकै आकारका त्यस्ता ग्रह न्याना छन् र त्यहाँ जीवन बाँच्न सक्ने आधार पनि प्रशस्त छ।
उसो भए त्यस्ता ग्रहमा यन्त्र पठाएर अध्ययन किन नगर्नेरु आखिर, पृथ्वीबाहेक अन्य स्थानमा सम्भावित जीवन वा मानिसजस्तै प्राणीको खोजीमा वार्षिक ठूलो धनराशी खर्च भइरहेको नै हुन्छ।
त्यसका लागि समस्या हो( त्यस्ता ग्रहहरु पृथ्वीबाट अत्यन्तै टाढा छन्। उदाहरणको लागि पृथ्वीबाट केप्लर(४५२ बी १४०० प्रकाश वर्ष टाढा छ। प्रकाशको गति ३ लाख किलोमिटर प्रति सेकेन्ड हुन्छ र ब्रह्माण्डमा सबैभन्दा चाँडो गति प्रकाशको नै हुन्छ। मानव निर्म्रित यन्त्र त्यहाँ पुग्ने कुरा वैज्ञानिकहरु अझै कल्पना गर्न सक्दैनन्।
हिजो वैज्ञानिकहरुले जीवन पाइने सम्भावना बोकेको र पृथ्वीबाट नजिक रहेको प्रोक्सिमा बी नाम गरेको नयाँ ग्रह पत्ता लगाएको घोषणा गरेपछि खगोलशास्त्रका क्षेत्रमा सनसनी फैलिएको छ।
सौर्य प्रणालीबाट सम्भवतस् सबैभन्दा नजिक रहेको उक्त ग्रहले प्रोक्सिमा सेन्टाउरी नाम गरेको तारालाई परिक्रमा गर्छ। उक्त ग्रहमा मानवनिर्मित यन्त्र पठाउन सकिने सम्भावनाका कारण वैज्ञानिकहरु उत्साहित भएका हुन्। त्यहाँ जीवनका लागि अत्यावश्यक पानि र न्यानोपन रहेको वैज्ञानिकहरुको अनुमान छ।
प्रोक्सीमा सेन्टाउरी तारा सूर्यभन्दा सानो र कम तातो छ, तर त्यसको ग्रह प्रोक्सिमा बीले उक्त तारालाई धेरै नजिकबाट परिक्रमा गर्छ। त्यसले गर्ने परिक्रमा बुधले सूर्यलाई गर्ने परिक्रमाको तुलनामा आठ गुणा नजिक छ। त्यसकारण उक्त ग्रह न्यानो रहेको वैज्ञानिकहरुले अनुमान गरेका हुन्।
प्रोक्सीमा बी पृथ्वीभन्दा १।३ गुणाले ठूलो छ भने त्यहाँ ११।२ दिनको एक वर्ष हुन्छ। तपाईं उक्त ग्रहमा उभिने हो भने प्रोक्सिमा सेन्टाउरी ताराबाट निस्किएको रातो प्रकाश तपाईंको शरीरमा छरिने छ।
त्यहाँ जीवन विरोधी अन्य जोखिम पनि हुन् सक्ने वैज्ञानिकहरुले बताएका छन्। ताराको निकट भएर परिक्रममा गर्ने हुनाले त्यहाँ र्याडिएशनको मात्रा अत्यन्त धेरै हुन् सक्छ, जसले जीवन हुर्कन सक्ने सम्भावनालाई क्षीण बनाउँछ।
अर्को प्रश्न हो ( हामी वा मानवनिर्मित यन्त्र उक्त ग्रहमा पुग्ने कत्तिको सम्भवना होला तरु
तुलानात्मक रुपले नजिक भए पनि प्रोक्सिमा बी पृथ्वीबाट ४।२ प्रकाश वर्ष टाढा छ। उक्त दुरी अत्यन्तै धेरै हो। मानिसलाई चन्द्रमा लिएर गएको रकेटको गति २४,५०० माइल प्रतिघण्टा थियो। उक्त गतिमा यात्रा गर्ने हो भने पृथ्वीबाट प्रोक्सिमा बी पुग्न १ लाख ३० हजार वर्ष लाग्छ। पृथ्वीमा मानव जाति नै त्यति लामो समय सम्म बाँच्ने हो वा होइन ठेगान छैन।
उसो भए कुनै उपाय छैन त रु
गत अप्रिल महिनामा रसियाका अर्बपति युरी मिल्नर र प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिंगले घोषणा गरेका थिए ( हामीसँग अत्यन्तै सानो यन्त्र अल्फा सन्टाउरी नामको तारासम्म पठाउने जुक्ति छ। अल्फा सन्टाउरी भनेको प्रोक्सीमा पछि पृथ्वीबाट नजिक रहेको अर्को तारा हो।
उनीहरुको योजनालाई ‘ब्रेकथ्रु स्टारसट’ नाम दिइएको छ। त्यस अन्तर्गत हुलाक टिकट आकारको सानो यन्त्रलाई १०० मिलियन माइल प्रतिघन्टाको दरले उडाउन सकिन्छ। उक्त गति प्रकाशले यात्रा गर्ने गतिको २० प्रतिशत हो।
यदि हकिंगको योजना सफल हुने हो भने प्रोक्सीमा सेन्टाउरी पुग्न मानव निर्मित यन्त्रलाई २० वर्ष लाग्नेछ। रेडियो संचारको गति प्रकाशको गतिमा यात्रा गर्नसक्ने हुनाले त्यहाँबाट पृथ्वीमा सूचना आइपुग्न अतिरिक्त चार वर्ष लाग्नेछ।
तर, ‘स्टारशट’को अवधारणा अझै प्रारम्भिक चरणमा नै छ। त्यसका निम्ति निकै जटिलता र समस्याहरु छन्।
तर, मुख्य कुरा हो ( ‘स्टारसट’को निर्माण र प्रोक्सीमा बीसम्मको यात्रा सम्भावनाको घेराभित्र आएका छ। नयाँ संसारको यात्रा नयाँ सम्भवना भएको छ। त्यसले विज्ञानका क्षेत्रमा नयाँ उत्साह थपेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०