नक्कली डाक्टर : ९७५ प्रमाणपत्र छानवीन, ५६ पक्राउ ७८ फरार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७३, बुधबार ०६:२४

काठमाडौं– प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा चिकित्सक बनेर सर्वसाधारणको स्वास्थ्यमाथी खेलावाड गरिरहेका १ सय ३४ जनाको पहिचान गरेको छ ।
विभिन्न देशबाट एमविविएस र एमडि पास गरेको शैक्षिक प्रमाण पत्र पेश गरी नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकिय अभ्यासका लागि अनुमती लिएका र नलिएका दुबै शंकास्पदहरुको शैक्षिक प्रमाणको बैधता जांच्नेक्रममा एक सय ४३ जनाको प्रमाणपत्र  नक्कली पहिचान भएको थियो ।
काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्को सहकार्यमा शुरु भएको अनुसन्धानकोक्रममा प्रहरीले काउन्सिलबाट अनुमती पाएका करिब १८ हजार डाक्टर मध्ये ९ सय ७५ वटा शैक्षिक प्रमाण पत्र अध्ययनगर्दा कैफियत देखिएका ५६ जनालाई पक्राउ गरिसकेको छ भने ७८ चिकित्सक ब्युरोको फरार सूचीमा छन् । काउन्सिलको दर्ता परीक्षामा ५ पटक भन्दा बढी फेल भएका र विहार विश्वविद्यालयबाट प्रमाणपत्र लिएका डाक्टरहरु छानविनमा परेका हुन् । व्युरोले ‘अपरेशन क्वाक’ नै सुरु गरेको छ ।
पहिलो चरण
पहलो चरणमा १६६ जनाको प्रमाणपत्र छानविन गर्दा २५ जना नक्कली भेटिएका थिए । यसमध्ये १६ जना पक्राउ परेका छन् भने ९ जना फरार छन् । व्युरोले पहलो पटक २०७२ माघ २३ गते पत्रकार सम्मलेन गरी एकैपटक १२ जना नक्कली डाक्टर सार्वजनिक गरेको थियो । जसमध्ये २ जनाको एसएलसी र आइएससीको तथा १० जनाले आइएससीको प्रमाणपत्र नक्कली पाइएको थियो ।  त्यसपछि व्युरोले फागुन २१ गते डोटी जिल्ला अस्पतालमा कार्यरत सुजित श्रेष्ठलाई थानकोटबाट पक्राउ पक्राउ गरेको थियो ।
श्रेष्ठले आइएस्सीको प्रमाणपत्र नक्कली बनाएर चिनबाट एमबिबिएस पास गरेका थिए । फागून २३ गते धनुषा – ९ जनकपुरधामका प्रदिप कुमार गुप्तालाई पक्राउ गरेको थियो ।  उनले आइएस्सीको प्रमाणपत्र नक्कली बनाई चिनबाट एमबिबिएस गरेका थिए । चैत १३ गते राजिव कुमार झा र पृथ्वी नारायण यादव लाई पक्राउ गरेको थियो । उनीहरुलाई व्युरोले मेडिकल काउन्सिलको दर्ता परीक्षा दिदै गर्दा पक्राउ गरेको थियो । झा १३ पल्ट र यादव १२ पल्ट काउन्सिलको दर्ता परीक्षामा फेल भइसेका थिए । पहिलो चरणमा नक्कली प्रमाणीत भएका २८ मध्ये १६ पक्राउ परेका छन् भने १२ जना फरार छन् ।
पहिलो चरणमा पक्राउ पर्नेमा बीएण्डसी अस्पतालमा कार्यरत रामबाबु गिरी, पशुपति मोडेल अस्पताल इटहरीका प्रमुख पशुपति चौधरी, गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्बद अरुल हक, कोसी अञ्चल अस्पतालमा कार्यरत तुलसी महतो, ग्लोबल अस्पताल सिराहामा कार्यरत मोहमत अहमद सिद्धिकी, जनकपुर अञ्चल अस्तालमा कार्यरत सन्तोष यादव, चानसी मेडिकल हलमा कार्यरत कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत विनिता यादव, अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्र महतो, स्वास्थ्य सेवा क्लिनिक कपिलबस्तुमा कार्यरत अबल हुसेन, ग्वार्कोस्थित ग्लोबल अस्पतालमा कार्यरत श्यामबाबु साह, राजिव कुमार झा, पृथ्वी नारायण यादव, प्रदिप कुमार गुप्ता र सुजित श्रेष्ठ छन् ।
दास्रोे चरण
व्युरोले दोस्रो चरणमा ८०९ जनाको प्रमाणपत्र छानविन गरेको थियो । सो मध्ये १०९ जना नक्कली पुष्टि भएका थिए । व्युरोले १०९ मध्ये ४० जनालाई पक्राउ गरेको छ । पहलो र दोस्रो चरणका गरी ७८ जना नक्कली डाक्टर फरार छन् ।
दोस्रो चरणमा पक्राउ परेका ४० मध्ये १२ जना सरकारी सेवामा कार्यरत थिए । ति मध्ये सन्तोषकुमार झा ६ वीर अस्पतालको ट्रमा सेन्टर, रामजी यादव जनकपुर अञ्चल अस्पताल, पन्नालाल पटेल नारायणी उपक्षेत्रीय अस्पताल, सरोजकुमार सिंह नारायणी उपक्षेत्रीय अस्पताल, सुनील आचार्य स्वास्थ्य मन्त्रालय, मनीष अर्याल कोसी अञ्चल अस्पताल, गजानन्द प्रकाश भण्डारी क्षयरोग निवारण केन्द्र भक्तपुर, महेशर यादव जनकपुर अञ्चल अस्पताल, श्रीराम घिमिरे जिल्ला अस्पताल अर्घाखाँची, कुशराज गिरी नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज, रामकुमार प्रधान वीर र सञ्जयकुमार दास कोसी अञ्चल अस्पतालमा कार्यरत थिए ।
पक्राउ पर्ने ४० मध्ये चार नेपालमै एमबिबिएस पढेकाहरु छन् । जसमध्ये ईशादुल हक आईओएम, वितिता मण्डल नेपाल मेडिकल कलेज, श्रीराम घिमिरेले यूनिभर्सल मेडिकल कलेज तथा दिनेश साह कलेज अफ मेडिकल साइन्स भरतपुरबाट एमबीबीएस उत्तिर्ण गरेका हुन् ।
पक्राउ परेका ५६ मध्ये ११ जना विशेषज्ञ डाक्टर छन् । विशेषज्ञमा रामबाबु गिरी, अरूण कुमार गुप्ता, लिली  राजबंशी, रावेत रञ्जन कुमार ठाकुर, मोहम्मद अबुल कलाम, रजनी अग्रवाल, रामजी यादव, राम कुमार प्रधान,  बिष्णु प्रसाद भुसाल, दिनेश कुमार साह, सरोज  कमार रहेका छन् ।स्वास्थ्य खबर पत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१