किन लगाउनुहुन्न कसिलो जिन्स पाइन्ट र टिर्सट ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७३, मंगलवार १९:०२

September 21, 2008:  Kim Kardashian spotted leaving the "Dancing With the Stars" rehearsal studios in Los Angeles, California. Credit: INF/GoffPhotos.com Ref.: infusla-92 *UK Sales Only* **Exclusive to INF/GoffPhotos.com. Newspaper/Magazine All Rounder. Online/Web Must Call Before Use.**

कसिलो जिन्स पाइन्ट र टिर्सट प्रायको रोजाईको फेसन होला तर यसले खुट्टा सुनाउने देखि स्वास्थ्यसम्बन्धि अन्य गम्भीर समस्या निम्त्याउने सक्ने विज्ञहरु बताउँदै आएका छन् । कसिला टिर्सट, पेन्सिल स्कर्ट, ब्रा, जिन्स पाइन्ट र घाटीको टाई लगाउदा नसासम्बन्धि समस्यादेखि क्यान्सर हुने हुने विज्ञहरुको भनाई छ ।

कसिला लुगा लगाउदाका बेफाइदा

नसा दबिनेः कसिला जिन्स पाइन्टले नशाको रक्त प्रवाहमा असर गर्ने भएकोले महिलाको तिग्रामा पीडा बढाउँछ । विशेष गरी महिलाको पेल्भिक क्षेत्रमा यसले असर गर्छ । कसिलो लुगाले तिग्राको वरपर र पछाडिको भागमा भतभती पोल्छ । यसले नशामा समेत असर गर्छ ।

स्पाइन र माशंपेशीमा असन्तुलन

टाइट पाइन्ट र स्कर्टले मांशपेशी र जोर्नीमा असर गर्छ । सामान्यतया केही समय झुक्दा र बस्दा कसिलो पाइन्टले असर नदेखिन सक्छ । तर लामो समयसम्म यस्ता लुगा लगाई हिँडडुल गर्दा दीर्घकालिन रुपमा नै हिपलाई असर गर्न सक्छ । एक जर्मन अध्ययन अनुसार कसिलो ट्राउजर अग्ला हिलले जोनीसम्बन्धि रोग लाग्ने गर्छ ।

घाँटीमा दखाई

पुरुषले लगाउने कसिलो घाँटीको टाईले लामो समयसम्म घाटीमा दुखाई हुनेदेखि मांशपेशीका नशा दुख्ने गर्छ । ब्रोजिक इट अलले गरेको एक अध्ययन अनुसार कसिलो घाटीले आँखा दुख्नुका साथै ग्लुकोमा रोग लाग्ने गर्छ । लामो समयसम्म कसिलो टाइ लगाउनेमा घाटी वरपरको नसामा बढी संवेदना बढाउँछ ।स्वास्थ्य खबर पत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१