‘विकासको लागी राजनीति अस्थिर हुनुपर्छ : बुढाथोकी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७३, मंगलवार १४:४५

नविन बुढाथोकी नेकपा माओबादी केन्द्र काठमाडौका युवा नेता तथा माओबादी भातृसंगठन वाई सि एलका क्षेत्रीय ईन्चार्ज समेत हुन् । सफल युवा व्यावसायी उनि आर्थिक एजेन्डामा पार्टी तथा संगठनलाई सुझाव दिने थोरै युवा नेतामध्ये पर्छन् । नेपालमा ९ महिनामै सरकार परिवर्तन हुने पछिल्लो अवस्थाले विकास र आर्थिक उन्नतिमा पुर्याइरहेको असरबारे हामीले उहासंग कुराकानी गरेका छौ । प्रस्तुत छ उहासंग गरिएको कुराकानीको केही अंश ।nabin budhathokii

छिटो छिटो सरकार परिवर्तन र दलहरुबीचको राजनीतिक अन्तरद्वन्द्वले नेपालको भविष्य कता लगिरहेको छ ?

हाम्रो पार्टी १० वर्षे सशत्र जनयुद्ध लडेर स्थापित भएको हो । संविधान सभाबाट संविधान बनाउन माग गर्दै हामी युद्धबाट शान्ति प्रक्रियामा आएका हौ । विश्वका धेरै मुलुकका शान्ति प्रक्रियासंगै बढेसँगै आर्थिक उन्नति र विकासले फड्को मारेका थुप्रै उदाहरण छन् । नेपालमा राजनितिक क्रान्ति सकियो अव आर्थीक क्रान्ति हुनुपर्छ । त्यसैले हाम्रो पार्टीको कार्यदिशानै त्यही अनुसार छ । दुर्भाग्यबस हाम्रो मुलुकमा अन्य देशमा जस्तो शान्ति प्रक्रियापछी आर्थीक क्रान्ति हुन सकिरहेको छैन । सामाजिक र राजनीतिक दृष्टिले हेर्ने हो भने नेपाल विश्वका धेरै मुलुकभन्दा अगाडि पुगेको देखिन्छ । आर्थिक उन्नति र विकास किन भएन भनेर खोज्दा यहाँ केही कारणहरु भेटिन्छन । विश्वकै लोकतन्त्रमा सरकार फेरिनु सामान्य प्रक्रिया हो । यसले विकास र आर्थिक उन्नतिलाई असर नपार्ने स्थिर योजना नहुँदा हामी अप्ठ्यारोमा पर्दै गएका हौ ं।

सरकार परिवर्तन भएपनि आर्थीक ऐजेण्डा परिवर्तन नगरी विकासको गतिमा अघि बढ्न सकिदैन ?
तपाईले ठिक प्रश्न गर्नुभयो । राजनीति अस्थिर हुँदा पनि विकास र आर्थिक उन्नति सम्भव छ । सरकार अस्थिर हुँदा पनि उन्नति गर्ने मुलुकहरु विश्वमा थुप्रै छन् । जापानलाई हेर्न सक्नुहुन्छ । स्वतन्त्रतापछिको भारतको इतिहास हेर्न सक्नुहुन्छ । स्थायी योजना र बलियो कर्मचारीतन्त्रको भरमा विकास सम्भव छ । हो स्थायी सरकार हुँदा विकासलाई तीब्रता दिन बढी सहज हुन्छ । हाम्रो हकमा अब विदेश नीतिलाई एकरुपता दिएर यसलाई विकास र आर्थिक मुद्दा केन्द्रित गर्न जरुरी देखिन्छ ।
सरकार एक वर्ष टिक्न नसक्ने अवस्थामा विकास र उन्नतिको विषय एउटा रोमान्टिक गफमा सीमित हुँदै गए जस्तो लाग्दैन ?
हाम्रोमा राज्यका सबै क्षेत्र राजनीतिबाट प्रभावित भएका छन् । सबै नीतिहरुको मुख्य केन्द्र राजनीति भएर पनि त्यसो भएको होला। फेरि विकास र उन्नति भन्ने चिज एउटा प्रक्रियाको परिणाम पनि हो। राजनीति अस्थिर हुँदा पनि विकास र आर्थिक उन्नति सम्भव छ । सरकार अस्थिर हुँदा पनि उन्नति गर्ने मुलुकहरु विश्वमा थुप्रै छन् । जापानलाई हेर्न सक्नुहुन्छ । स्वतन्त्रतापछिको भारतको इतिहास हेर्न सक्नुहुन्छ । त्यसैले स्थायी योजना र बलियो कर्मचारीतन्त्रको भरमा विकास सम्भव छ। हो स्थायी सरकार हुँदा विकासलाई तीब्रता दिन बढी सहज हुन्छ । हाम्रो हकमा अब विदेश नीतिलाई एकरुपता दिएर यसलाई विकास र आर्थिक मुद्दा केन्द्रित गर्न जरुरी देखिन्छ ।

राजनीतिमा ठेकेदार प्रवृत्ति बलियो हुँदै गएको छ। पैसा नहुनेको स्थान खस्किँदो छ । यो प्रवृत्तिले हाम्रो लोकतन्त्रको भविष्य के होला ?

राजनीतिमा पैसाको अधिक प्रयोग नेपालका लागि मात्र नभई विश्वकै लागि चिन्ताको विषय हो जस्तो लाग्छ । अमेरिकी राष्ट्रपतिको चुनाबदेखि भारतकै निर्वाचन पद्धतिलाई हेर्ने हो भने पनि त्यहाँ पैसाको खोलो नै बगेको देख्न सकिन्छ । लोकतन्त्रलाई नकारात्मक कोणबाट हेर्ने हो भने यो सस्तो पद्धति चाहिँ होइन । हाम्रो सन्दर्भमा हेर्ने हो भने विकास योजना, नीति, कार्यक्रम केन्द्रित राजनीति हुने हो भने अहिले देखिएको ठेकेदार प्रवृत्ति कम हुन सक्छ । इमान र निष्ठाको राजनीतिले उँचो स्थान हासिल गर्न सक्छ ।

नेपालको राजनीतिले फड्को मार्दा विकास र आर्थिक उन्नति किन अघि जान नसकेको होला ?
राजनीति अघि गयो विकास पछि छोडियो भनेर अहिले सबैले अनुभव गरेका छन् । हाम्रो राजनीतिले किन विाकस अत्मसात गर्न सकेन त ? भन्ने बहस अब हुन जरुरी छ । विकास र आर्थिक उन्नतिले तीब्रता नपाउनुमा खास कारणहरु छन् । राजनीति र विकासलाई भिन्नाभिन्नै रुपमा डिल गर्नुपर्छ जस्तो लाग्छ । हाम्रोमा सबै कुराहरु राजनीति निर्दे्शित देखिएका छन् । संविधान लेखन र उद्योग खोल्ने काम तथा जलस्रोत आयोजनाहरु एउटै होइनन् । हामीले राजनीति, विकास, आर्थिक मुद्दा एवं सामाजिक मुद्दाहरुलाई छुट्टाछुट्टै अघि बढाउन नसक्दा यस्तो अवस्था आएको हो ।

यही संविधानमा आधारित भएर उन्नति र विकास गर्न सक्ने ठाउँहरु कहाँनेर छन् त ? त्यसका लागि पार्टीहरुले के गर्नुपर्छ ?
नयाँ संविधानले राजनीतिक स्थिरतालाई पनि सम्बोधन गरेको छ । अहिले धेरै छिटोछिटो सरकार फेरिए भनेर नै दुई वर्ष नभई सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरेको छ। यो फ्रेमवर्कबाट विकास र उन्नति सम्भवै छैन भन्ने पनि होइन । अबको विश्वमा राजनीति भनेको त राज्यको एउटा पाटो हो, एउटा क्षेत्र हो । सुदृढ आर्थिक नीति बनाएर अघि जानुपर्ने देखिन्छ । पार्टीहरुबीच राजनीतिक इमान्दिारिता र राजनीतिक संस्कारको आवश्यकता छ । उद्योग, पूर्वाधार योजना र आर्थिक उन्नतिका क्षेत्रहरुबारे दलहरुबीच राजनीतिक सहमति गरेर अघि बढ्न आवश्यक छ । विकास योजना र आर्थिक सम्वृद्धिका क्षेत्र राजनीति तलमाथि हुँदा असर नपर्ने ठाउँमा राखिनुपर्छ । यो अवस्था निर्माण गर्न सके वैदेशिक लगानी र निजी क्षेत्र नेपालको विकासमा स्वतः आकर्षित हुन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१