मेलम्ची खानेपानीः ठेकेदारद्वारा एक वर्ष थप समय माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७३, मंगलवार ०८:३४

काठमाडौं ७ भदौ । पुर्वनिर्धारित समयमा काम सम्पन्न नभएपछि मेलम्ची खानेपानी आयोजनाको मुख्य काम सुरुङ निर्माण गरिरहेको ठेकेदार कम्पनीले १ वर्ष थप समय माग गरेको छ ।melamchi khanepani

ठेकेदारले प्रस्ताव गरेको १ वर्षको अवधि परामर्शदाता इपिसा सर्भिसेजले अस्वीकार गरेको छ ।

०७० असारमा भएको ठेक्का समझौताअनुसार आगामी महिना ठेकेदार आफैंले काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको समय सकिन लागेको आजको कारोबार दैनिकमा समाचार छ ।

भूकम्प र नाकाबन्दीका कारण आयोजनाको काम समयमा सम्पन्न गर्न ढिलाई भएपछि ठेकेदराले थप १ वर्ष समय माग गरेको समितका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारीइ दिए । उनका अनुसार अनुसार कति समय थप नर्गे भन्ने सम्बन्धमा अहिले छलफल चलिरहको छ । आपसी छलफल र समझदारीमा समय थप गरिने उनले बताए ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी २० किमि सुरुङ नर्माण ठेक्का सकारेका ठेकेदार इटालियन को अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी र भारतको दी राभेनाले निर्धारित समयमा काम सम्पन्न नभएपछि परामर्शदाता कम्पनीमार्फत समय मागेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०