अमेरिकी डलरको हाहाकार !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ भाद्र २०७३, मंगलवार ०८:२२

काठमाडौं ७ भदौ । बूढानीलकन्ठकी उषा खड्काले डलर साट्न सोमबार दिनभर बैंक चाहरिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन् ।us dollor

भिसा लागेको पार्सपोर्ट बोकेर एकैदिन चार वटा बैंक भौतारिएको उनी दिउँसो तीन बजे रित्तै घर फर्किनु परेको छ ।

डलर नभएको भन्दै बैंकले दिन मानेनन् । धेरै अनुरोध गरेपछि दुई सय डलरसम्म दिइने आश्वासन उनले पाएकी छन् ।

चाहे जति डलर साट्न नपाएपछि उनलाई डलरको जोहो गर्ने चिन्ताले सताएको छ । खड्काले कार्ड बोकेर गए पनि साथमा कम्तीमा हजार डलरसम्म नगद हुँदा ढुक्क हुने बताइन् ।

डलरको खोजीमा बैंक चाहार्नु विदेशिन लागेका पहुँच नहुनेको दिनचर्यानै बनेको छ हिजोआज । बजारमा डलरको अभाव भएसँगै यसको खोजीमा दौडधुप गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

आइतबारको तुलनामा डलर खोज्न आउनेको संख्या सोमबार बृद्धि भएको बैंकहरुले बताएका छन् ।

आम उपभोक्ताको नगदै बोक्ने बानीका कारण डलर अभाव भएको बैंकहरुले बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१