शिक्षा मन्त्री नहुँदा कर्मचारीले तलब खानै पाएनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७३, आईतवार ०८:२१

शिक्षा मन्त्रीकाठमाडौं  । सदस्यसचिव नभएपछि अलपत्र बनेको राष्ट्रिय परीक्षा बोर्डको टेलिफोनको लाइन काटिन थालेको छ। देशभरका उच्च माविका विद्यार्थीको भविष्यसँग जोडिएको सो कार्यालयका कर्मचारीले साउन महिनाको तलब खान पाएका छैनन्। आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ।
कक्षा १२ को विज्ञान तहको उत्तरपुस्तिका परीक्षण गरेका शिक्षकहरूले परीक्षण गरेवापत रकम पाएका छैनन्। परीक्षाफल प्रकाशित भइसकेको विषयमा कापी जाँचेको रकम नपाउँदा शिक्षक आक्रोशित बनेका छन्।
इन्टरनेटको लाइन काटिएको छ। कक्षा १२ को व्यवस्थापन र मानविकी तहको परीक्षाफल प्रकाशित हुने मिति अनिश्चित बनेको छ। ११ कक्षाको परीक्षाफल कहिले प्रकाशित हुने हो अन्यौल छ। दर्जनौ समस्या हुँदा पनि शिक्षा मन्त्रालय रमिते भएको छ। मन्त्रालयले यस्तो गम्भीर विषयमा कुनै वास्ता गरेको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१