लसुन को खिर बनाउने तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७३, आईतवार ०८:०८

Rice Kheer Recipe Cooking Tips in Nepaliनेपालगंज । खिर एउटा यस्तो चिज हो जुन सबैको घरमा तयार हुने परिकार हो। शायद खिर नरुचाउने कमै हुनुहुन्छ होला किनभने खिर को नाम सुन्न साथ सबैको मुखमा एक किसिमको स्वाद झुन्डिएको हुन्छ। सबैको घरमा प्राय जसो चामलको खिर परिकार बनाइन्छ। के तपाईले कहिले लसुनको खिर खानुभएको छ या बनाउनु भएको छरु यदी थाहा पाउनु भएको छैन भने थाहा पाउनुहोस्। लसुनको पनि खिर बन्छ। यो धेरै राम्रो टेस्टको हुन्छ र खानेबेला पिरोको टेस्ट आउदैन तर यो सुनेर तपाई अचम्म पर्नु भएको होला। आज हामि तपाईहरुलाई लसुन को खिर बनाउने तरिका सिकाउछौ जुन तपाई आफ्नो घरमा सजिलै बनाउन सक्नु हुन्छ।
सामग्री :
–कम चिल्लो दूध १ गिलास
–खजुर ३(४
–लसुन १ कप
–मकैको पिठो ,घुलेको १ चम्मच

बिधि स्
–लसुनलाई पिसेर पानीमा ३ देखि ४ घण्टाको लागि भिजाउने र यसलाई थोरै समयको लागि मनतातो हुने गरी उमाल्ने,जसको कारण पिरो कम हुन्छ।
– यसलाई राम्रो सँग धोएर किनारा राख्ने।
–त्यसपछि दुध र खजुरको एकै साथमा मिक्स गर्ने र प्यानमा उमाल्ने।
–यसमा लसुन र मकैको पिठो हालेर गाढा हुने सम्म पकाउने ।
– अब तपाईको लसुनको खिर तयार हुन्छ तपाई खान सक्नु हुनेछ ।

(एजेन्सीको सहयोगबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०