फेसप्याक लगाउँदा लगाउदा यि कुरामा ध्यान दिनुहोस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७३, शनिबार १३:४८

फेसप्याक लगाउँदा लगाउदा यि कुरामा ध्यान दिनुहोसकाठमाडौं ।  अधिकांश महिला सौन्दर्यका लागि फेसप्याक लगाउाछन् । स्वस्थ र सुन्दर अनुहारका लागि फेसप्याक अत्यावश्यक रहेको ब्युटिसियन तथा सेलेब्रिटी सुन्दरीहरू बताउाछन् । त्यसो त, ब्युटिपार्लर गएर फेसप्याक लगाउनेभन्दा फुर्सदका वेला घरमा आफौले रेडिमेड या घरेलु फेसप्याक लगाउने महिला नै धेरै हुन्छन् । तर, फेसप्याक लगाउादा हुनसक्ने गल्तीबारे कतिपय अनभिज्ञ रहेको पाइन्छ । फेसप्याक लगाउादा जानाजान अधिकांशले गर्नसक्ने गल्तीबारे ब्युटिसियन सुमित्रा रन्जितले स्पष्ट पारेकी छिन् स् – कतिपय फेसप्याक प्रयोग गरेलगत्तै नुहाउने गर्छन् । फेसप्याक प्रयोग गर्ने अनि नुहाएर बाहिर निस्किने गरेको पाइन्छ । तर, यसो गर्नु एउटा प्रमुख गल्ती हुन्छ । नुहाएपछि मात्रै फेसप्याक प्रयोग गर्नुपर्छ । फेसप्याक लगाएपछि नुहाउँदा छालाको छिद्र खुल्न जान्छ र अनुहारमा फेसप्याकको प्रभाव रहन पाउँदैन । त्यसो त फेसप्याक प्रयोग गरेपछि नुहाउँदा नरम स्किनमा स्याम्पु पर्ने र असर पार्ने हुनसक्छ । (अधिकांशले गर्ने अर्को गल्ती हो, अनुहारमा सीधै फेसप्याक लगाइदिने । उनीहरू ठान्छन् कि फेसप्याक लगाउनुको अर्थ नै अनुहार सफा गर्नु त हो नि । तर, अनुहार क्लिन नगरी फेसप्याक लगाउनु गम्भीर गल्ती हुन्छ । यसरी लगाएको फेसप्याकले छालालाई ड्राई बनाउने तथा चाउरी पार्ने खतरा हुन्छ । फेसप्याकको कुनै सकारात्मक प्रभाव नै रहन पाउँदैन । त्यसैले सुरुमा फेसवास गर्ने र त्यसपछि क्लिन्जिङ गरेर मात्रै फेसप्याक लगाउनुपर्छ । अझ क्लिन्जिङपछि मसाज क्रिम लगाएर क्रिममाथि नै प्याक लगाउनु सबैभन्दा उत्तम हुन्छ । घरमै लगाउने हो भने दिनभरको सबै काम सकेपछि राति सुत्नुअघि फेसप्याक लगाउनु राम्रो हुन्छ । (फेसप्याक हातले या ब्रसले अप्लाई गर्न सकिन्छ । तर, फेसप्याक लगाउन पोख्त नभएका सामान्य व्यक्तिले ब्रसले अप्लाई गर्नु गल्ती हुनसक्छ । ब्रसले प्याक लगाउँदा अनुहारमा लाग्नुभन्दा धेरै ब्रसमै अड्किने गर्छ । अनुहारको सबै भागमा राम्रोसँग लाग्न पनि पाउँदैन । त्यसैले हातले हल्कासँग सबैतिर लाग्ने गरी प्याक प्रयोग गर्नु उत्तम हुन्छ । हातले लगाउँदा प्याकको प्रभाव छालाको भित्री सहतसम्म पुग्न पाउँछ । (अनुहारमा प्याक कति समयसम्म राख्नु ठीक भन्ने विषयमा पनि कतिपय महिला अनभिज्ञ छन् । प्याक अनुहारमा रहन दिने अवधिको सन्दर्भमा पनि धेरैले गल्ती गरेको पाइन्छ । १५–२० मिनेटभन्दा कम या बढी दुवै समयसम्म अनुहारमा प्याक रहन दिनु गल्ती हुन्छ । लगाएको १५ मिनेट नपुग्दै पखालिदिने हो भने छालामा प्याकको कुनै प्रभाव नै पर्न पाउँदैन । प्याक लगाउनु या नलगाउनुको कुनै अर्थ नै हुँदैन । यसैगरी, २० मिनेटभन्दा बढी समयसम्म अनुहारमा प्याक रहन दिने हो भने छाला सुक्खा बनाइदिन्छ । (फेसप्याक छालामै सुकेर कक्रक्क भएपछि रगडेर पखाल्नु अर्को ठूलो गल्ती हो । फेसप्याक लगाएपछि अनुहारमा सुक्न दिनु हुँदैन । सुक्नुअघि नै पखाल्नुपर्छ । अनुहारमा पानीले हल्का–हल्का मसाज गर्दै प्याक पखाल्नुपर्छ । धेरै सुकाएर जबर्जस्ती रगड्दा छाला तन्किने, च्यातिने तथा चाउरिने हुन्छ । (फेसप्याक पखालेपछि अनुहार त्यत्तिकै छोड्नु तथा सीधै मेकअप गर्नु पनि गल्ती हुन्छ । प्याक पखालेपछि स्किन टोनर तथा सिरम लगाएर यसको माथि मोस्चराइजर या क्रिम प्रयोग गर्नुपर्छ । दिउँसो भए सनब्लक तथा सन्सक्रिम र बेलुका भए मोस्चराइजर तथा नाइट रिपेयरिङ क्रिम लगाउनु उपयुक्त हुन्छ । टोनरसँगै कटनको सहयोगले अनुहारभरि गुलाबजल प्रयोग गर्न पनि सकिन्छ । गुलाबजलले अनुहारमा थप चमक ल्याउँछ । – फेसप्याक लगाएर हाँस्ने र गफ गर्ने गर्नुहुन्छ भने झन् ठूलो गल्ती हुन्छ । अनुहारमा प्याक रहुन्जेलसम्म हाँस्ने तथा गफ गर्ने काम भुलेर पनि नगर्नुहोस् । धेरै हाँस्दा र गफ गर्दा छाला चाउरी पर्छ । यो वेला छालालाई रिल्याक्समा छोडिदिनुपर्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१