सूचनामा नागरिकको सहज पहुँच हुनुपर्छः प्रधानमन्त्री दाहाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७३, शुक्रबार १३:०४

 

प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनामा नागरिकको सहज पहुँच स्थापित गरिनुपर्ने बताए । नेपालमा सूचनाको हक सम्बन्धी कानुन लागू भएको दशवर्ष प्रवेश गरेको अवसरमा प्रधानमन्त्री दाहालले शुक्रबार शुभकामना सन्देश दिँदै सूचनाको हक सम्बन्धी कानुन बमोजिम सार्वजनिक महत्वको सूचनामा नागरिकको सहज पहुँच पु¥याउनुपर्ने बताए ।

नागरिकको सूचनाको हकको सम्मान गर्न, कानुनले निर्दिष्ट गरेकै अवधिभित्र सूचना मागकर्ता नागरिकलाई सूचना दिन, सूचना माग र प्रवाहको अलग्गै अभिलेख राख्न, सूचनाको वर्गीकरण गर्न, सूचनादाताको संरक्षण गर्न एवम् सूचना प्रवाहकै माध्यमद्वारा आम जनतामा सुशासनको अनुभूति दिलाउन सरकारसहित सबै सार्वजनिक निकायले प्रतिवद्वता व्यक्त गरी काम गरेमा नै राष्ट्रिय सूचना दिवस मनाएको सार्थकता हुने प्रधानमन्त्री दाहालले जारी गरेको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१