आफ्नो प्रेमिकालाई प्रपोज गर्न २० करोड रुपैयाँसम्म खर्च

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०७३, बिहीबार ११:४१

इ लोवे यभनिन्छ प्रेम अनमोल हुन्छ । तर सोही प्रेमको अनुभुति गर्नका लागि मानिसहरुले यो ठाउँमा भने २० करोड रुपैयाँ सम्म मूल्य चुकाउनुपर्छ ।

दीलको कुरा गर्नका लागि पनि यति धेरै मूल्य तिर्नुपर्ने यो दुनियामा कहीँ कुनै ठाउँ होला र रु भन्नुहोला । तर यो दुनियामा असम्भव भन्ने कुरा केही छैन । धर्तीमा यस्तो ठाउँ पनि छ जहाँ गएर तपाइँले आफ्नो प्रेमिकालाई प्रपोज गर्न चाहनुहुन्छ भने झण्डै २० करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ ।

हो, सिंगापुरको सी ला वी रेष्टुरेन्ट दुनियाको सबैभन्दा महंगो डेटिंग रेष्टुरेन्ट हो । यहाँ आफ्नो पार्टनरलाई डेटिंगमा लिएर जानका लागि २० लाख डलरसम्म तिर्नुपर्दछ । यति महंगो मूल्य तिरिसकेपछि तपाइँ आफ्नो पार्टनरसँग त्यहाँ ८ घण्टा सम्म बस्न पाउनुहुनेछ ।

सिंगापुरको सी ला वी तथा वल्र्ड अफ डायमण्ड ग्रुपले यो रेष्टुरेन्ट बनाएको हो । यो रेष्टुरेन्टले सेवा दिन थालेको १५ वर्ष भयो । यो विश्वकै धनाढ्यहरुको चर्चित डेटिंग स्पट बन्न सफल भएको छ । यहाँ आउने जोडीहरुले फरक फरक तरिकाले आफ्नो प्रेमी प्रेमिकालाई प्रेमको प्रस्ताव राख्दछन् । यो रेष्टुरेन्टको माहोल निकै रोमान्टिक बनाइएको छ ।

यो रेष्टुरेन्ट जमिनबाट १५० फुटको उचाइमा बनाइउको छ । यसमा बसिसकेपछि जो कसैलाई पनि आफु आकाशमै बसेको भान हुन्छ । अलग अलग क्युबिकलको माथि मुटु आकारको छतले यसको सुन्दरता झनै बढाएको छ ।

रेष्टुरेन्टले त्यहाँ आउने जोडीहरुका लागि प्रेम प्रस्तावको विशेष व्यवस्था गरिदिएको हुन्छ । पाहुनालाई एक प्लेट सजाइएको आइसक्रिम दिइन्छ र उक्त आइसक्रिम खानका लागि सुनको चम्चा पनि दिइन्छ । त्यसका साथै आइसक्रिममै आफ्नो पार्टनरलाई लगाइदिनका लागि हिराको औँठी पनि दिइएको हुन्छ ।साभार – अनलाइन खबर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१