९ महिने सरकारका लागि करिब–करिब प्रधानमन्त्रीसँगै सपथ खाने मन्त्रीको नाम तय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७३, बुधबार ०७:५६

प्रचण्डकाठमाडौं,१९ साउन  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ९ महिने सरकारका लागि करिब–करिब प्रधानमन्त्रीसँगै सपथ खाने मन्त्रीको नाम तय भइसकेको छ ।  कांग्रेससँगको गठबन्धनमा सरकारको नेतृत्व गर्न लागेका प्रचण्ड सरकारमा पहिलो चरणमा उपप्रधान तथा गृहमा कांग्रेसबाट विमलेन्द्र निधि, उपप्रधान तथा अर्थमा कृष्णबहादुर महराले सपथ लिने तयारी भएको छ ।  स्रोतअनुसार अहिलेका लागि प्रचण्डले परराष्ट्र मन्त्रालय आफ्नै मातहतमा राख्ने छन् । मधेसी मोर्चाबाट सरकारमा तत्काल आउने निर्णय भए परराष्ट्र मन्त्रालय उपेन्द्र यादवलाई दिने तयारी भएको छ । शिक्षा वा पर्यटनमा माओवादीका राम कार्की, ऊर्जा मन्त्रालयमा कांग्रेसबाट डा। प्रकाशशरण महतको नाम टुंगो लागेको स्रोतले जनायो । कांग्रेसबाट दीपक गिरी मन्त्रीका लागि तय भए पनि मन्त्रालयको टुंगो लागेको छैन । आपूर्ति र श्रम मन्त्रालय पनि अहिले प्रधानमन्त्रीको अधिनमा रहनेछन् । मतदानमा सहयोग गरे राप्रपाका लागि श्रम र मधेसी मोर्चाकै लागि आपूर्ति मन्त्रालय राखिनेछ । ‘साना दलसँग पनि छलफल भइरहेको छ, त्यो सकारात्मक भए साना दलका लागि खानेपानी सरसफाइ मन्त्रालय दिने तयारी भएको छ’, स्रोतले भन्यो । मन्त्रीका आकांक्षी धेरै भएका कारणले अहिले मन्त्रालय र नाम टुंगो नलागेको बताइए पनि कांग्रेसका शेखर कोइरालालगायतलाई मन्त्री बनाउने निर्णय भइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१