संसारकै सबैभन्दा धनी गाउँ, जहाँका प्रत्येक किसान वार्षिक डेढ करोड कमाउँछन्, होटलको खानादेखि हेलिकप्टरसम्म पनि निःशुल्क !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ श्रावण २०७३, सोमबार १५:११

sउन्दरकाठमाण्डौ । दक्षिण एशियामै नेपालका किसानहरुको अवस्था निकै नाजुक छ । उनीहरुको प्रति व्यक्ति आय, उनीहरुले उब्जाएको  बालीनाली तथा अन्नपातको बजार लगायतको हिसाबले यहाँका किसानहरु दिनहुँ गरीब बन्दै गएका छन् । कृषिप्रधान देश भए पनि सरकारले किसानमैत्री नीति बनाएर कार्यान्वयन गर्न नसक्दा कृषि कर्मप्रति नै बिकर्षण पैदा भइरहेको छ, यसले समग्र जीडीपीमै प्रत्येक वर्ष असर पुर्याइरहेको आँकडाहरु सार्वजनिक भइरहेका छन् । तर के तपाईंलाई थाहा छ, संसारमा यस्तो गाउँ पनि छ जहाँ उपलब्ध सुखसुविधा र किसानको आर्थिक अवस्था ठूला शहरको सुख सुविधा र त्यहाँका बासिन्दाको आर्थिक अवस्था भन्दा मजबुत छ । यो गाउँका मानिस गरीब होइनन् कि बरु धेरै धनी छन् । यो गाउँ चीनमा छ र यहाँका प्रत्येक किसानले वार्षिक रुपमा औसत डेढ करोड रुपैयाँ आम्दानी गर्छन ।

यो गाउँको नाम हुआझी हो, जुन चीनको उत्तरी तट नजिकैको  जियाङ्यिन शहरमा अवस्थित छ । यो गाउँमा रहने सबै २ हजार मानिसको वार्षिक आम्दानी एकलाख यूरो रहेको छ । यो गाउँ एक सफल समाजवादी गाउँको मोडेल दुनियाँसामु पेश गरिरहेको छ । तर सुरुवातमा यो गाउँको अवस्था निकै नाजुक थियो । सन् १९६१ मा बस्ती बस्न सुरु भएको यो गाउँको  त्यसबेलाको कृषिको अवस्था निकै भद्रगोल थियो । तर गाउँमा कम्युनिष्ट पार्टी कमिटीका पूर्व अध्यक्ष रहेका वू रेनवाओले यो गाउँको तस्विर नै बदलिदिए ।

नागरिकहरुलाई बंगला, कार, निःशुल्क स्वास्थ्य, सुरक्षा, निःशुल्क शिक्षा, शहरको हेलिकप्टरको निःशुल्क प्रयोग मात्र होइन होटलमा खानका लागि निःशुल्क सुविधा समेत प्राप्त हुन्छ । 

यसरी बदलियो गाउँको तस्विर
वू ले औद्योगिक विकासको योजनाका लागि पहिला गाउँको निरीक्षण गरे । त्यसपछि एक मल्टी सेक्टर इण्डस्ट्री बनाए । उनले सामूहिक खेती प्रणालीको नियम बनाइदिए । यसका साथ सन् १९९० मा सो कम्पनीलाई सेयर बजारमा सूचिकृत गरिदिए । गाउँका मानिसलाई कम्पनीको सेयरधनी बनाइयो ।

सित्तैमा प्राप्त हुन्छ सुविधा
गाउँमा स्टील, सिल्क र ट्राभल इण्डस्ट्री विशेष रुपमा फस्टाएको छ । र, यी उद्योगहरुले सन् २०१५ मा मात्रै ९.६ अर्ब डलरको मुनाफा दिएका छन् । गाउँका मानिसहरुले प्राप्त गर्ने लाभको हिस्सा कम्पनीको सेयरधनी र लगानीकर्ताका बीच प्रत्येक बर्ष बाँडफाँड हुन्छ ।

एक वेबसाइटका अनुसार उनीहरुको वार्षिक आयको निकै ठूलो हिस्सा अर्थात ८० प्रतिशत करको रुपमा काटिन्छ । तर यसको बदला त्यहाँका रजिस्टर्ड नागरिकहरुलाई बंगला, कार, निःशुल्क स्वास्थ्य, सुरक्षा, निःशुल्क शिक्षा, शहरको हेलिकप्टरको निःशुल्क प्रयोग मात्र होइन होटलमा खानका लागि निःशुल्क सुविधा समेत प्राप्त हुन्छ ।

पेन्सन पनि पाइन्छ
५० वर्ष माथिका महिला र ५५ वर्ष माथिका पुरुषलाई यो गाउँमा प्रत्येक महिना पेन्सनको साथमा दैनिक गुजाराका लागि चामल, सागसब्जी समेत दिइने गरिन्छ । रजिस्टर्ड व्यक्तिमा गाउँका त्यस्ता पुराना मानिसहरुको सहभागिता छ, जो स्थापनाकालदेखि नै यो गाउँमा बसोबास गरिरहेका छन् र कम्पनीका हिस्सा पनि हुन् । यी मानिसहरुसँग कम्पनीको सेयरधनी  प्रमाणपत्र समेत छ । तर यस्ता मानिसको अलावा यहाँ करिब २० हजार शरणार्थी मजदूर समेत बस्दै आएका छन् । जो छिमेकी गाउँबाट आएर यहाँ बसोबास गर्छन ।

सुन्दर छ गाउँ
हुआझी गाउँ समृद्ध मात्र छैन, निकै आकर्षक र मनोरम पनि छ । देशी र विदेशी गरी प्रत्येक दिन करिब ५ हजार पर्यटक यो गाउँमा घुम्न र यहाँको समृद्ध अवस्था हेर्न आउने गरेका छन् । पर्यटकहरुले गाउँमा सित्तैमा घुम्न पाउदैनन्, निश्चित प्रवेश शुल्क समेत तिर्नुपर्ने हुन्छ । एकपटक प्रवेश शुल्क तिरेपछि यो गाउँको जुनसुकै कुनाकाप्चा बिनापैसा घुम्न सकिने सुविधा छ ।

हाइटेक शहर भन्दा कम छैन
यो गाउँ हाइटेक शहरभन्दा कम छैन । २०११ मा बनेर तयार भएको ७४ तले लांग्झी इन्टरनेशनल होटलले यहाँको शानलाई अझ बढाइदिएको छ । यो होटल निर्माणका लागि कुनै पनि ऋण लिइएको थिएन, यी गाउँका मानिसहरुको सहयोगबाटै यो होटल निर्माण संभव भएको थियो । यस अलावा यहाँ सबै खालका सुख–सुविधा उपलब्ध छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०