आई पे रिलायबल र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सम्झौता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७३, शुक्रबार ०९:०३

mblकाठमाडौँ ,७ साउन । आई पे रिलायबल र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौताअनुसार अब विदेशबाट आई पे मार्फत् पठाएको पैसा ग्राहकले आफूलाई पायक पर्ने माछापुच्छ्रे बैंक लिमिटेडको कुनै पनि शाखाबाट भुक्तानी लिन सक्नेछन्।

आई पेले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापानलगायत नेपाली कार्यरत धेरैजसो मुलुकबाट विभिन्न रेमिट्यान्स कम्पनीसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।

आई पे रिलायबल रेमिट्यान्सको नेपालभर ३५ सयभन्दा बढी भुक्तानी काउन्टर छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१