विद्यार्थी सवार बसमाथि गरिएको आगजनी र तोडफोडप्रति प्याब्सनको निन्दा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७३, शुक्रबार ०८:०४

busकाठमाडौँ  । ललितपुर, झम्सिखेलस्थित आइडियल मोडेल स्कुलका विद्यार्थी सवार बसमा बिहान पेट्रोल खन्याएर आगजनी र तोडफोड गरिएको प्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० ले भत्र्सना गरेको छ ।
प्याब्सनले पत्रकार सम्मेलन गरी विद्यालय र बालबालिका शान्ति क्षेत्र र विद्यालय सवारी साधनलाई एम्बुलेन्सको मान्यता दिई कार्यान्वयन भइरहेको वर्तमान समयमा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न जबर्जस्ती विद्यालय बन्दको घोषणा गर्दै विद्यार्थी सवार बसमाथि गरिएको आगजनी र तोडफोडप्रति निन्दा गरेको हो ।

आज बिहान माओवादी कम्युनिस्ट केन्द्र नेपालको भ्रातृ सङ्गठनका कार्यकर्ता दाबी गर्ने केही व्यक्तिको समूहले बसमाथि आक्रमण गरेको प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बताउनुभयो । प्याब्सनले तोडफोडमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१