शिक्षामा लगानी बढ्यो, झन्डै १५ प्रतिशत उपलब्धि घट्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७३, बिहीबार ०८:५१

शिक्षामा लगानी बढ्योकाठमाडौं, साउन । शिक्षामा आकारमा लगानी बढेको छ। तर, विद्यार्थीको सिकाइ उपलब्धि घट्दै गएको छ। तीन वर्षमा सिकाइ उपलब्धि औसतमा झन्डै १५ प्रतिशत घटेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र ९इआरओ०ले देशभरका झन्डै ४० हजार विद्यार्थीमा गरेको अध्ययनले सिकाइ उपलब्धि घटेको देखाएको हो। इआरओको अध्ययनमा आर्थिक वर्ष ०६९र७० मा कक्षा ३ मा २८ जिल्लाका एक हजार ६ सय ९० विद्यालयका ३८ हजार सात सय ५३ विद्यार्थीमा सिकाइ उपलब्धि थियो।

सो अध्ययनले राष्ट्रिय औसत उपलब्धि नेपालीमा ६३, गणितमा ६० प्रतिशत देखाएको थियो। तर, आर्थिक वर्ष ०७२र७३ मा उपलब्धि घटेर नेपालीमा ५२ र गणितमा ४५ प्रतिशत रहेको इआरओको तथ्यांक छ। कक्षा ५ मा आर्थिक वर्ष ०६९र७० मा ४१ हजार चार सय ७९ विद्यार्थीको परीक्षणमा नेपालीमा ६०, गणितमा ५३ र अंग्रेजीमा ५४ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७२र७३ मा भने उपलब्धि घटेर नेपालीमा ४६, गणितमा ४८ र अंग्रेजीमा ४७ प्रतिशत पाइएको छ।

आर्थिक वर्ष ०६८र६९ कक्षा ८ का ४८ हजार ६ सय ८२ विद्यार्थीमा गरिएको परीक्षणमा नेपालीमा ४९, गणितमा ४३ र सोसियोलोजीमा ४९ प्रतिशत सिकाइ उपलब्धि थियो। तर, आर्थिक वर्ष ०७०र७१ मा भने ४४ हजार ६७ विद्यार्थीमा गरिएको अध्ययनमा उपलब्धि घटेर नेपालीमा ४८, गणितमा ३५ र विज्ञानमा ४१ रहेको थिय। इआरओले आर्थिक वर्ष ०६८र६९ देखि विभिन्न कक्षाका विद्यार्थीको नेसनल एसिस्मेन्ट अफ स्टुडेन्ट एचिभमेन्ट ९नासा० अध्ययन गर्दै आएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०