स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७३, शुक्रबार १९:५६

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको परीक्षाफलकाठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल  नेपाल टेलिकमको १६०२ डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिन्छ ।लउ मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिन्छ ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को दफा २६८ र २७० अनुसार परीक्षाको मर्यादाविपरीत काम गर्ने रोल नं २१०२९६, २८१४२७, २८१४४०, २८२२३२, ४८०५०९, २३०००१९ का परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा दुई वर्षसम्म सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ ।

यसैगरी २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशन गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१