तपाइँ आफैले गर्न सक्नुहुन्छ अमेरिकामा विद्यार्थी भिसाको प्रोसेस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७३, मंगलवार ०५:४५

बिना टोफेल/आइइएलटीएस/जिआरइ/जि-म्याट पनि सम्भव

नेपालमा १२ कक्षा वा सो सरह को पढाई पुरा गरेको जो कोहीले पनि अमेरिकामा विद्यार्थी भिसा का लागि आवेदन गर्न सक्छन्।

त्यो बाहेक, अधिकांश अमेरिकी विश्वविद्यालय ले स्नातक तह को लागि टोफेल/आइइएलटीएस र मास्टर लेभल को लागि जि-म्याट/जिआरइ पनि नभई भर्ना दिदैनन्। फरक फरक विश्वविद्यालय को Minimum Test Score Requirement फरक-फरक हुन सक्छ। उदाहरणको लागि टोफेल IBT मा कतिले ६१ भए नि मान्दछन् त कतिले ७९ नभै भर्ना दिदैनन्। अर्को महत्त्वपूर्ण कुरा यी Test को मार्क सिटतपाईँ आफैंले पठाएर हुँदैन (आइइएलटीएस को चाहिँ हुन्छ), TEST लिने को Website (online) बाट Request गरेर “मेरो Score फलानो विश्वविद्यालय मा पठाई दे” भनेर भन्नुपर्छ। अझ राम्रो त के हुन्छ भने, Test दिनु अघि नै आफूले भर्ना को लागि Apply गर्न लागेको विश्वविद्यालय को नाम थाहा हुने हो भने, Test को लागि अनलाइन मा Date लिँदा र Test Fee तिर्दा नाम दिने हो भने, बढीमा चार ओटासम्म विश्वविद्यालय लाई तपाईँको Test Score (Mark Sheet) पठाई दिन अनुरोध गर्न सकिन्छ। त्यतिबेला नगरेर पछि गर्ने हो भने सोही कुरा को लागि एउटा विश्वविद्यालय लाई Score पठाई दिएको २० डलरसम्म लाग्छ।

टोफेल/आइइएलटीएस/जि-म्याट/जिआरइ नभए पनि भर्ना दिने विश्वविद्यालय को बारेमा तल पढ्नुहोस्।

योग्य हुनेले पहिला गर्ने भनेको विश्वविद्यालय खोज्ने हो। अनलाइन बाट खोज्न सकिन्छ। आफ्नो चिने-जानेको, आफन्त वा साथी, वा साथीको पनि साथी USA गएको छ भने कुन विश्वविद्यालय मा गएको छ सोध्नुस्, यसो बुझ्नुस् काठमान्डौंका Consultancy ले कुन विश्वविद्यालय मा पठाउने गर्छन्।विश्वविद्यालय को Website मा गएर International Student Page मा गएर भर्ना को लागि Process के रहेछ, पढ्नुस्। Application कसरी भर्ने? Application फी लाग्छ? लाग्छ भने कति लाग्छ? कसरी तिर्ने? Application भरेपछि SLC, +2 को Transcripts लगायतको Documents पठाउनु पर्छ, बुझ्नुस, यो विश्वविद्यालय ले इमेलमा scan गरेर पठाए पनि मान्दछ कि DHL/UPS बाटै (Hard Copy) पठाउनु पर्ने हो? केही नबुझेको प्रश्न भए विश्वविद्यालय लाई इमेल लेख्नुहोस्। बुझ्नुस् विश्वविद्यालय को एक Semester (वा एक वर्ष) को खर्च कति लाग्छ? टोफेल/आइइएलटीएस/जि-म्याट/जिआरइ चाहिन्छ कि चाहिन्न? चाहिन्छ भने कम्तिमा कति Score चाहिने हो? कुनै प्रक्रारको Scholarship दिन्छ कि ? कति विश्वविद्यालय ले नयाँ आउने विद्यार्थीलाई यत्तिकै पनि Scholarship दिन्छन्। (उदाहरण : Texas Wesleyan विश्वविद्यालय, Saginaw Valley State विश्वविद्यालय) l कतिमा भने तपाईँले आफैंले Apply गर्नुपर्छ। VISA पाउनको लागि धेर-थोर जति भए नि Scholarship भयो भने Plus Point हुन्छ।

सकेसम्म एउटाभन्दा धेरै विश्वविद्यालय मा Apply गरेको राम्रो। कति विश्वविद्यालय ले एकदमै ढिलो Response गर्छन्।

भर्नाको निवेदन दिनको लागि अनलाइन Application भर्नुस्। अनलाइन Application भर्न तपाइको इ-मेल ID हुनैपर्छ। Application मा तपाईँको व्यक्तिगत जानकारी, SLC र +२ को बारेमा, आफूले पढ्न चाहेको Course, Passport/नागरिकता लगायतका बारेमा जानकारी भर्नुपर्छ। साथै विश्वविद्यालय ले तपाईँलाई I-20 (बुझ्ने भाषामा भन्दा – तिमीलाई हाम्रो विश्वविद्यालय मा भर्ना दियौं भन्ने प्रमाण) पठाई दिनको लागि नेपालको भरपर्दो ठेगाना पनि दिनुस्।

अनलाइन Application भरेपछि तपाईँको Next Step भनेको Application Fee तिर्ने अनि तपाईँको Documents विश्वविद्यालयलाई पठाउने हो। Application Fee अनलाइन बाट तिर्न मिल्छ कि, बैंक ट्रान्फर गरेर हुन्छ कि बुझ्नुस्।

Documents पठाउँदा याद राख्नु पर्ने दुई वटा कुरा :

पहिलो SLC/+2 को मार्क सिटलगायतका Documents को Copies (Scan गरेर email मार्फत पठाउँदा होस् या हुलाकबाटै (DHL गरेर) पठाउदा होस्) त्यो Copies हरु प्रमाणित (attest) गरेको हुनै पर्छ।

दोस्रो, Scan गरेर इ-मेल मार्फत् पठाउँदा इ-मेल Id राम्ररी Check गरेर पठाउनु। अनि DHL गरी पठाउँदा विश्वविद्यालय को ठेगाना सही हो हैन भनेर जाँच गर्न नभुल्नु होला। Documents पठाए पछि आफ्नो भर्ना को Status के छ भनेर एक दुई हप्तापछि इ-मेल गरेर Follow-Up गरेको राम्रो। कुनै Documents छुटेको भए विश्वविद्यालय ले इ-मेल गरेर सोध्ने छ। सबै कुरा पुगेपछि चार हप्तादेखि दुई महिना भित्र तपाईँले I-20 र Acceptance Letter पाउनु हुनेछ। I-20 हात परे पछि तपाईँको अर्को Step भनेको SEVIS Fee तिर्ने, VISA को लागि Application भर्ने र Date लिने हो।

केही विश्वविद्यालय ले बिना टोफेल/आइइएलटीएस/जिआरइ/जि-म्याट पनि भर्ना दिन्छन्। यसरी भर्ना दिने कतिले Conditional भर्ना मात्रै दिन्छन् र I-20 मा पनि Conditional भर्ना भनेर लेखिदिन्छन्। कतिलेचाहिँ तपाईँले पढ्ने Course मै भर्ना दिन्छन् र I-20 मा पनि तपाईँले पढ्ने Course नै लेखेको हुन्छ। VISA Interview मा किन टोफेल/आइइएलटीएस/जिआरइ/जि-म्याट नगरेको भनेर सोधीहाले जवाफ दिन तयार रहनु पर्दछ। साथै यहाँ आएर पछि तपाईँले आफू आएको विश्वविद्यालय छोडेर अर्कोमा ट्रान्फर गर्छु भन्नुभयो भने झमेला हुन सक्छ। उदाहरण को लागि तपाईँ ट्रान्फर गरेर जान चाहेको विश्वविद्यालय ले भर्ना नदिने वा दिए पनि English Language Class मा मात्र दिने हुन सक्छ।

Gap भए पनि भर्ना को लागि Apply गर्न सकिन्छ। बरु VISA Interview मा चाहिँ दुई-चार प्रश्न धेरै भने पक्कै सोध्ने छ।

 (केही जिज्ञासा भए लेखकलाई (AskPradip@yahoo.com) इमेल लेख्नसक्नु हुनेछ।)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१