नुवाकोट तरुण दल द्वारा विद्यार्थी सम्मानित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७३, आईतवार १९:५६

2नुवाकोट । नेपाल तरुण दल गाउँ कार्य समिति लच्याङ नुवाकोटले प्रबेशिका परिक्षामा लच्याङ गाबिसबाट उतकृष्ट नतिजा ल्याउने २८ विद्यार्थीलाई सम्मान गरेको छ।तामाङ् समुदायको बहुल्य रहेको उक्त गाबिसबाट उत्तीर्ण हुने सबै तामाङ नै छन्।उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस नुवाकोटका नेता रमेश कुमार महतले शिक्षा नै बिकासको प्रमुख मार्ग भएकोले सरकारले शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउन पर्ने बताए यस वर्षको बजेटले शिक्षा क्षेत्रलाई सम्बोधन गर्न नसकेको उहाँको भनाई छ।गत वर्ष भन्दा यस वर्ष ८ प्रतिशत बजेट कम छ यसले सरकार शिक्षा क्षेत्र चासो नराखेको देखाउछ। कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय सदस्य प्रमोद रिमालले आजका विद्यार्थीहरु नै भोलिको देश निर्माणको स्तम्भ रहेको ले सहि दिशा पक्रन आग्रह गर्नु भयो।कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ नुवाकोटका सचिव रामजी पौडेलले तरुण दलले आन्दोलन गर्ने मात्रै नभएर रचनात्मक कार्यहरू गर्ने र त्यसको उदाहरण लच्याङको तरुण दल भएको बताए।कार्यक्रममा तरुण दल रसुवाका शैलेश पौडेल नुवाकोट तरुण दलका शंकर प्याकुरेल, नेका नर्जाका सभापति रामेश्वर भण्डारी, नेका लच्याङका सभापति सिंह बहादुर तामाङ नेका पुर्ब जिल्ला सदस्य श्याम तामाङ नेबि संघ नुवाकोटका उपेन्द्र मिश्र, नेपाल तरुण दल क्षेत्रीय संयोजक शरण घले तरुण दल क्षेत्र नम्बर २ का सुमन गिरी लगायतले धारणा राखेका थिए।लच्याङ तरुण दलका अध्यक्ष आर आर तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा एस एल सी परिक्षामा सम्मिलित भएका बिधालय बागेश्वरी उच्च मा बि र बिज्ञान उच्च मा बि लाई कदर पत्र प्रदान गरीयो।1

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१