शिक्षकले विद्यालय जाँदा अनिवार्यरुपमा झोला बोक्नुपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७३, मंगलवार १३:२९

झोलागोरखा। गोरखाका सरकारी विद्यालयमा पढाउँदै आएका शिक्षकले विद्यालय जाँदा अनिवार्यरुपमा झोला बोक्नुपर्ने भएको छ। शिक्षकले दिनहुँ विद्यालय पोसाक र शैक्षिक सामग्री भएको झोला बोक्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको हो।
विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शैक्षिक सामग्रीको प्रयोग र विषयवस्तुप्रति पूर्वतयारीका लागि आवश्यक सामग्री राखेर झोला बोक्न लगाइएको हो।

शैक्षिक सामग्री राख्न झोला वितरण गरेपछि बिनातयारी कक्षाकोठामा जाने शिक्षक निरुत्साहित हुन्छन् र शिक्षाको गुणस्तर बढ्छ भन्ने हाम्रो विश्वास छ,ु जिशिअ सुवेदीले भने। शिक्षकले झोला बोके÷नबोकेको र आवश्यक शैक्षिक सामग्री, सन्दर्भ सामग्रीको प्रयोग गरे÷नगरेको अनुगमन गरिने शिक्षा कार्यालयले जनाएको छ।  गोरखाका चारसय ५७ वटा सरकारी विद्यालयमा दुई हजार छ सय २३ जना शिक्षक कार्यरत रहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१