चिट चोरेकै कारण १७ बर्षीय युवती जेल चलान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७३, मंगलवार ०८:१७

काठमाडौँ, १४ असार । पुनः परीक्षामा फेल भएपछि ‘चिटिङ’को आरोपमा एक छात्रा जेल चलान भएकी छन् ।

१७ वर्षीय रुबी राय बिहार राज्यस्तरीय परीक्षामा प्रथम भएकी थिइन् । तर एक भिडियो अन्तरवार्तामा उनले आफ्नो मुख्य विषय राजनीतिशास्त्रमा चिट चोरेरै उत्कृष्ट अंक ल्याएको बताएकी थिइन् ।

भिडियो समाजिक सञ्चालमा भाइरल भएपछि उनलाई फेरि परीक्षामा बस्न लगाइएको थियो । जसमा उनी फेल हुँदा अघिल्लो परीक्षा रद्द गरिएको हो । उनलाई आइतबार अदालतमा हाजिर गराइएको थियो । कान्तिपुर दैनिक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१