गोल्ज फुटबल एकेडेमीद्वारा धादिङका २४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ असार २०७३, आईतवार १२:५१

काठमाडौं १२ असार । भूकम्प पीडित क्षेत्र धादिङका २४० विद्यार्थीलाई गोल्ज फुटबल एकेडेमीले शैक्षिक सामग्री वितरण गरेको छ ।

श्री नारायण निम्न माध्यमिक विद्यालय छत्रेदेउराली डुम्रेचौर र श्री महलक्ष्मी निम्न माध्यमिक विद्यालय देबीडाँडा धादिङका विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री वितरण गरेका हुन ।13495158_972590382859214_8831061871582580917_n
विद्यार्थीहरुकाने लागि अति आवश्यक किताब, कपी, सिसाकलम र खेलकुदका सामग्री वितरण गरेको नारायण निम्न माध्यमिक विद्यालयक प्रधानाध्यपक ध्रुवा प्रसाद बास्कोट खुशी व्यक्त गर्दै यहाँका विद्यार्थीहरुको शैक्षिक अवस्था सुधारका लागि हामी मेहनतका सात लागिरहेको र अझ यस्ता सहयोगहरु पाएमा हाम्रो विद्यार्थीलाई थप ऊर्जा मिल्ने बताए ।13507071_972589572859295_5829330198914504923_n

विद्यार्थीहरुलाई समयमा पुस्तक , कपी कलम नहुदा पढाईमा समस्या हुनेहुदा सबै विद्यार्थी कमजोर हुने भएकोले यो अभियान सबै विद्यार्थीलाई स्कूल जान र अध्ययनमा अभिरुचि बढाउने कार्य भएको सामग्री वितरणमा पुगेकी प्रतिनिधि सुनिता विंशुखीले बताए । त्यस्तै विभिन्न बालआश्रम र अनाथलायमा समेत सामग्री वितरण गर्दै आएको गोल्ज फुटबल एकेडमीका अध्यक्ष अमीर विंशुखी धादिङ पुगेका थिए ।

एकेडेमीले सा–साना स्कूल बच्चाहरुलाई फुटबल खेलाउने र उनीहरुको मनोबल उच्च राख्ने कार्यमा क्रियाशिल रहदै आत्मविश्वास गर्ने क्षमताको विकासमा मद्दात पु¥याउने कामहरु गरिदै आएको अध्यक्ष अमीर विंशुखीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१