जोसेफ स्कुलको एसएलसी सम्मान तथा नगद पुरस्कार वितरण भव्यताका साथ सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७३, शनिबार २१:०४

suryaकाठमाडौँ,११  असार । जोसेफ हायर सेकेण्डरी स्कुलले फलामे ढोका मानिएको एसएलसी परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थि भाइबहिनीहरु तथा अभिभावकज्यूहरुलाई सम्मान  तथा नगद पुरस्कार वितरण शनिबार  एक भव्य सांस्कृतिक कार्यक्रमको बिच सम्पन्न गरेको  छ । सम्मानित हुनेहरुमा  समाजसेबी सिमा पुरी र बरिष्ठ कलाकार पल्पसा डंगोल (चम्सुरी ) लाई बिशेष सम्मान गरिएको थियो भने राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा ) को अध्यक्ष मुकुन्द ढुंगानालाई मायाको चिनो समेत हस्तान्तरण गरेको थियो । कार्यक्रममा विद्यार्थी,अभिभाबक र १० बर्षभन्दा माथि काम गरिसक्नु भएको  शिक्षक, शिक्षिकालाइ समेत बिशेष सम्मान गरिएको थियो ।   कपन मिलनचोकमा  बिगत १९ बर्ष   देखि जोसेफ स्कुल सञ्चालनमा आएको हो  ।  कार्यक्रमको उद्घाटन  प्रमुख अतिथि आपूर्ति मन्त्री गणेशमान पुनले  गर्नु भएको थियो । कार्यक्रममा   शिक्षा विभागका प्रतिनिधिहरु मिडियाका संचालकहरु ,समाजसेबी ,कलाकारहरु   र  अन्य वरिष्ठ व्यक्तित्वहरुको साथै  शिक्षक, शिक्षिका, अभिभावक, विद्यार्थी, लगायतको उपस्थिति रहेको थियो । स्कुलका सस्थापक अध्यक्ष र प्रिन्सिपल सुर्य बहादुर अधिकारीको सभापतित्वमामा सम्पन्न गरिएको थियो ।1  manoj 3 manoj surya 1

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१