एसएलसीमा ‘डी’ र ई’ ग्रेड ल्याउनेलाई १८ महिने कोर्स

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ असार २०७३, आईतवार ०७:१२

काठमाडौं ५  असार ।  एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ ।

slc grade

एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुननसक्ने क्षमता भएका भए पनि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउनेछन् ।

उच्च माध्यामिक शिक्षा परिषदले आफूअन्तर्गतका उच्च माविका भर्ना हुन ग्रेड प्वाइन्ट एभरेज जीपीए अन्तर्गत न्यूनतम १ दशमलव ६ ल्याउनुपर्ने निर्णय यसअघि नै गरिसकेको छ । १ दशमलव ६ ग्रेडअन्तर्गत सामान्य बुझाइमा ३० देखि ४० अंकसम्म ल्याउने विद्यार्थी पर्दछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१