एसएलसीको रिजल्ट प्रकाशित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७३, बिहीबार १६:२३

काठमाडौं । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो ।

प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् । यो भनेको १.६ भन्दामाथि २ सम्मको जीपीए हो ।

१६ हजार ४५४ परीक्षार्थीले ए प्लस ग्रेडमा छन् । यो भनेको जीपीए ३.६ भन्दामाथि ४ सम्म अंक ल्याएका छन् । ९० र सोभन्दा माथि अंक ल्याउने परीक्षार्थी यो ग्रेडमा पर्छन् ।

Slc

२०७२ चैत १८ गतेदेखि २९ गतेसम्म एसएलसी परीक्षा चलेको थियो । देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट जम्मा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी एसएलसीमा सहभागी भएका थिए ।

कसरी हेर्ने रिजल्ट ? 

यसका लागि वेबसाइट www.moe.gov.np, wwww.doe.gov.np, www.soce.gov.np,www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी SMs बाट नजिता थाहा पाउन PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर slc space सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१