बादीका छोराछोरी लाई शैक्षिक सामाग्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७३, बुधबार ०८:५९

DSC07324सम्राट सिंह / बझाङ  ।
आर्थिक सामाजिक तथा शैक्षिक रुपमा सवैभन्दा पछाडी परेका जिल्लाका बादी समुदायका छोराछोरीहरुको शैक्षिक विकासका लागी सहयोग प्राप्त भएको छ । नेपाल बालमजदुर सरोकार केन्द्र र नारीका लागी नारी संस्थावाट बादी समुदायका स्कुले छोराछोरीहरुका लागी पहिलो पटक शैक्षिक सामाग्री सहयोग भएको हो । स्कुल ड्ेस कापी कलम झोला किन्ने खर्च नभएर विद्यालय जान आनाकानी गर्ने बादी समुदायका बालबालीकाहरु संस्थावाट स्कुल डे्स झोला कापी कलम जुत्ता साबुन ब्रुस सहयोग भएपछि खुशी भएर उनिहरु अहिले नियमित स्कुल जान थालेका छन् ।
जिल्लामा बादी वालवालीकाको भविस्य सुधारका लागी पहल गर्दै आएका पत्रकार जगदीश रोकायाको पहल र समन्वयमा संस्थाहरुले शैक्षिक सामाग्रीहरु उपलव्ध गराएका हुन ।
आईतवार पत्रकार जगदीश रोकायाले नेपालवाल मजदुर सरोकार केन्द्र क्षेत्रिय कार्यालय धनगढीवाट ५ जना बालबालीकाहरुका लागी पठाएका झोला स्कुल डे्स , कापी कलम वितरण गरेका छन् । बादी बालबालीकाहरु सहभागी भएर गठन गरेको जुनकिरी वादी वालक्लव र उनिहरु पढ्ने विद्यालयका शिक्षक , उनिहरुका अभिभावकहरुको सल्लाहमा जेहन्दार विद्यार्थी नियमित स्कुल जाने र पढ्न प्रतिचाँसो भएका विषेशगरि छोरा भन्दा छोरीहरु देखीएकाले १० जना छोरीहरु लाइ सामाग्री वितरण गरेको हो ।
सिविन संस्थाले दिएको शैक्षिक सामाग्री कक्षा ४ मा पढ्ने सुर्मा बादी कक्षा २ मा पढ्ने वविता बादी कक्षा ४ मा पढ्ने मालती वादी कक्षा ५ मा पढ्ने चाँदनी वादी र कक्षा ६ मा पढ्ने संगिता बादीलाई दिएको छ । यसका साथै नारीका लागी नारी संस्थावाट उपलव्ध शैक्षिक सामाग्री कक्षा ७ मा पढ्ने मनिशा वादी कक्षा ४ मा पढ्ने प्रमीला बादी कक्षा ५ की विमला बादी कक्षा १ मा पढ्ने मञ्जरी वादी र कक्षा १ मा पढ्ने सृजना बादी लाई वितरण गरेको पनि पत्रकार जगदीश रोकायाले बताए । शैक्षिक सामाग्री पाउने १० जनाबादीका छोरीहरु ८ जना सदरमुकाम चैनपुरकै विद्यालयमा पढ्छन् भने २ जना थलारा खोलीको विद्यालयमा अध्ययनरत छन् ।
शैक्षिक सामाग्री पाउदाँ आफुहरु लाई पढ्नै हौसला जागेको वताउदै मनिसा वादीले यस्तो सहयोगका निरन्तर आवस्यक भएको वताईन् । बादी समुदायका छोराछोरीका आमाहरु गाँउ गाँउमा मागेर खाने कोहि देहव्यवहार गर्ने र बुबाहरु मदिरा खाने हुदाँ बालबालीकाहरुले पढ्ने वातारवण नभएर हाल सम्मपनि बादीबस्तीमा कुनै बालबालीकाको पढाइ सफल भएको छैन । बाल क्लवमा प्रत्येक शनिवार बैठक बसी पठनपाठनको अवस्था सरसफाइ बाल वचत बादी टोल सुधारका जस्ता विषयमा छलफल कुराकानी हुने गरेको समेत बालक्लबकी अध्यक्ष प्रमिला कुमारी बादीले वताईन् ।
छोरीहरुको शैक्षिक विकासका लागी संस्थाहरु वाट भएको सहयोगले भावी दिनमा बादीटोलमा हुने देहव्यापार, गरिबी अज्ञानता हट्दै बादीहरुको जिवन स्तरनै सुधारहुने सम्भावना देखीएको नमुना निमावीका प्रअ गजेन्द्र रसाईलीले वताए ।
पmोटो क्याप्सन ः बादी समुदायकी स्कूले बालिका शैक्षिक सामाग्री पाए पछि खुसी हुदै

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१