बादीका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७३, मंगलवार १७:१५

सम्राट सिंह। बझाङ ३२ जेठ। आर्थिक सामाजिक तथा शैक्षिक रुपमा सवैभन्दा पछाडी परेका जिल्लाका बादी समुदायका  छोराछोरीहरुको शैक्षिक विकासका लागी सहयोग प्राप्त भएको छ। नेपाल  सरोकार केन्द्र र नारीका लागी नारी संस्थावाट बादी छोराछोरीहरुका लागी पहिलो पटक शैक्षिक सामाग्री सहयोग भएको हो ।  कापी कलम झोला किन्ने खर्च नभएर विद्यालय जान

आनाकानी गर्ने बादी  बालबालीकाहरु संस्थावाट  डे्स झोला कापी कलम  सहयोग भएपछि उनिहरु अहिले नियमित स्कुल  जान थालेका छन् ।

जिल्लामा बादी वालवालीकाको भविस्य सुधारका लागी पहल गर्दै आएका पत्रकार जगदीश रोकायाको पहल र समन्वयमा संस्थाहरुले शैक्षिक सामाग्रीहरु उपलव्ध गराएका हुन्  ।

आईतवार पत्रकार जगदीश रोकायाले नेपालवाल मजद७३घढसर सरोकार केन्द्र क्षेत्रिय कार्यालय धनगढीवाट ५ जना बालबालीकाहरुका लागी पठाएका झोला, डे्स , कापी कलम वितरण गरेका छन् । बादी बालबालीकाहरु सहभागी भएर गठन गरेको  वादी वालक्लव र उनिहरु पढ्ने विद्यालयका शिक्षक , उनिहरुका अभिभावकहरुको सल्लाहमा जेहन्दार विद्यार्थी नियमित स्कुल  जाने र पढ्न प्रतिचाँसो भएका विषेशगरि छोरा भन्दा छोरीहरु देखीएकाले १० जना छोरीहरु लाइ सामाग्री वितरण गरेको हो । सिविन संस्थाले दिएको शैक्षिक सामाग्री कक्षा ४ मा पढ्ने बादी कक्षा २ मा पढ्ने वविता बादी कक्षा ४ मा पढ्ने मालती वादी कक्षा ५ मा पढ्ने चाँदनी वादी र कक्षा ६ मा पढ्ने संगिता बादीलाई दिएको छ । यसका साथै नारीका लागी नारी संस्थावाट उपलव्ध शैक्षिक सामाग्री कक्षा ७ मा पढ्ने मनिशा वादी कक्षा ४ मा पढ्ने प्रमीला बादी कक्षा ५ की विमला बादी कक्षा १ मा पढ्ने मञ्जरी वादी र कक्षा १ मा पढ्ने सृजना बादी लाई वितरण गरेको पनि पत्रकार जगदीश रोकायाले बताए । शैक्षिक सामाग्री पाउने १० जनाबादीका छोरीहरु ८ जना सदरम७३घढसकाम चैनप७३घढसरकै विद्यालयमा पढ्छन् भने २ जना थलारा खोलीको विद्यालयमा अध्ययनरत छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१