नयाँ शक्तिबाट सांसद बन्न स्नातक उत्तीर्ण हुनु हुनुपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७३, मंगलवार ०७:३७

naya shaktiकाठमाडौं ३२ जेठ । नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित हुन चाहने सांसदले कम्तीमा स्नातक उत्तीर्ण हुनु पर्ने प्रस्ताव गरेको छ ।

प्रज्ञा भवनमा सोमबार सुरु छलफल सत्रमा संयोजक बाबुराम भट्टरार्यको राजनीतिक प्रतिबेदन ‘नयाँ शक्तिको आधारतत्व’, नेता देबेन्द्र पौडेलको संगठन विधान प्रतिवेदन र रामेश्वर खनालको आर्थिक विकास र समृद्धिको प्रारुपमाथि १२ समूहमा बाँडिएर बहस गर्दै प्रतिनिधिले यस्तो माग गरेका हुन् ।

समानुपातितर्फ भने शैक्षिक योग्यतासम्बन्धी प्रावधान नराखिने गरी छलफल सत्रमा बहस भएको हो । भट्टराईले बाम लोकतान्त्रिक धारको पार्टी निर्माण गर्न प्रस्ताव गरे पनि कतिपय सहभागीले भने बाम भनिरहनु नपर्ने, लोकतान्त्रिक भने पुग्ने जिकिर गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१