शैक्षिक सत्र सुरु भएको दुई महिनामा पनि विद्यार्थीले पुस्तक पाएनन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७३, शुक्रबार ०७:३९

काठमाडौं २८ जेठ । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि सबै ठाउँमा पुस्तक पुग्न सकेका छैनन् ।

केन्द्रले चालू शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ र वितरण गर्न तोकिएको समय ६ पटक कटाएको छ । शिक्षा विभागले तोकेको पाँच र आफैले तोकेको एक गरी ६ पटक तोकिएको समयमा जनक शिक्षाले पाठ्यपुस्तक छपाइ र वितरण गर्न नसकेको हो आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

पुस्तक अझै छपाइ भइरहेका छन् । केन्द्रले चैत मसान्तभित्र विद्यालय तहको पाठ्यपुस्तक छपाइ गरिसक्नु पर्ने थियो ।

चालू शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्मका लागि एक करोड ७७ लाख थान पुस्तक आवश्यक पर्ने संशोधित छपाइ कार्ययोजना केन्द्ले शिक्षा मन्त्रालयमा पेस गरेको थिए ।

तर, २० जेठसम्मका एक करोड १९ लाख मात्र छपाइ सकिएको कर्मचारहिरुले बताएका छन् । यसअघि चैत मसान्तभित्रै पाठ्यपुस्तक विद्यालयहरुमा पुर्‍याउने दावी जनक शिक्षाको थियो ।pathya pustak

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१