नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य लिलाबल्दव दाहाल (काका) द्धारा प्रस्तुत शैक्षिक प्रस्ताव यस्तो छ !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७३, बिहीबार १२:४२

लिलाकाठमाडौँ । नेपाल विद्यार्थी संघको यस पूर्ण बैठकका सभापति एवं ने.वि.संघका केन्द्रीय  अध्यक्ष ज्यू साथै केन्द्रीय समितिका साथीहरु सबैलाई हार्दिक अभिवादन, जय नेपाल ! केन्द्रीय समितिको यस बैठकमा आफ्नो प्रस्ताव पेश गर्नु पुर्व हाम्रा अग्रजहरु प्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथीहरु नेपाल विद्यार्थी संघ इतिहासकै कठिन मोडमा उभिएको छ । नेपाल विद्यार्थी संघ स्थापना काल देखि हाल सम्मकै अत्यन्त कमजोर अवस्थामा छ । हामीलाई हाम्रा अग्रजहरुले सवल, सक्षम र सुदृढ संगठनको नेतृत्व सुम्पेका थिए । हामीले हाम्रो जिम्मेवारी इमान्दारीता र कुशलता पूूर्वक निर्वाह गर्न सक्यांै, सकेनौं यसको समिक्षा हुनुपर्दछ साथै हामीबाट भएका गम्भिर त्रुटि र कमजोरी प्रति आत्म आलोचना गर्नु पर्दछ । हामी हाम्रो एघारौं महाधिवेशनको पूर्व सन्ध्यामा छौं । महाधिवेशनको तयारी गरीरहँदा केहि शैक्षिक र राजनीतिक मुद्दाहरुमा बहस गर्दै निश्कर्षमा पुग्नु पर्ने छ । ती मुद्दाहरुको हामीले यथोचित सम्बोधन गर्नुपर्दछ । लाखौं विद्यार्थीहरुलाई ने.वि.संघ प्रति अकर्षित गर्नुपर्ने छ र विद्यार्थीहरुका हक अधिकारका प्रति ने. वि.संघ जिम्मेवार र संवेदनशिल छ भन्ने कुरामा विश्वस्त तुल्याउनु छ । विगतमा हामीले राजनीतिक हक अधिकार र नागरीक स्वतन्त्रताको निम्ती लड्यौं र विजय हासिल पनि गर्याै । राजनितिक लडाई लड्दा हामीले सम्बोधन गर्न नसकेका शैक्षिक मुद्दाहरु ओझेलमा परेको सर्ब विदितै छ । शैक्षिक मुद्दाहरु सम्बोधन गर्ने सवालमा हामी बाटो विराएको बटुवा जस्तैै अल्मलमा छौं । पछिल्लो समयमा हामीले आफ्नो गन्तव्यको पहिचान गर्न सकेका छैनौं । हामी दिनदिनै विभेदकारी शिक्षा र शिक्षा नीतिको सिकार भई रहेका छौं । आखिर किन ? यसको उत्तर कहिकतै बाट खोज्ने काम न हामीले गरेका छौं न त दिननै सकेकाछौं । तसर्थ शिक्षा सबैका लागि बराबर र समान छ भन्ने मान्यता स्थापित गर्नु हाम्रो प्रथम कर्तव्य हो आजको दिनमा । हाम्रो ध्यान त्यता तर्फ केन्द्रित पार्दै सर्वशुलभ र समान शिक्षाको छाता मुनी सम्पूर्ण शैक्षिक संस्थाहरु, व्यक्तिहरु र विद्यार्र्थीहरुलाई ल्याउने काम नेपाल विद्यार्थी संघले गर्नु पर्दछ अन्यथा योग्य र सक्षम नागरीकको गन्तव्य सम्पन्न मुलुकहरु हुने र अयोग्य अर्ध शिक्षितहरुको बाध्यता नेपाल हुने क्रम बढिरहन्छ । निरीह भएर हेरीरहनु सिवाय हामीसँग अर्काे विकल्प रहने छैन । तसर्थ यस बैठकमा छलफल गरी निष्कर्षमा पुग्न र त्यस अनुरुपका दवावका कार्यक्रमहरु संचालन गर्नको लागि निम्नअनुसारको शैक्षिक प्रस्ताव वुँदागत रुपमा प्रस्तुत गरेको छु । १. प्राथमिक तहको शिक्षाको सन्दर्भमा ः– क) अझैपनि विद्यालय सम्म पुग्न नसकेका गरीविको रेखामुनी रहेका बालबालिकाहरुलाई विद्यालय पु¥याउने वातावरण निर्माण गर्ने । ख) शैक्षिक सत्र सुरु भएको महिनौं विति सक्दा पनि पाठ्यपुस्तक पुग्न नसकेका विद्यालयहरुमा तुरुन्त पाठ्यपुस्तक उपलब्ध गराउने । ग) सबै बालबालिकालाई निसर्त निःशुल्क प्राथमिक तहको शिक्षा उपलब्ध गराउने । घ) निजी विद्यालयहरुमा अधिकतम निम्नानुसारको शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याउने ।

क श्रेणीका विद्यालय ख श्रेणीका विद्यालय ग श्रेणीका विद्यालय मासिक शूल्क – ४,०००।– २,०००।– १,०००।– बस – १,५०० १,५००।– खाजा – ४,५००।– अन्य – २,०००।– १,५०० ।– ५००।– जम्मा (मासिक) १२,००० ।– ५,०००।– १,५००।– २. माध्यामिक तहको शिक्षाको सन्दर्भमा ः– क) सरकारले १२ कक्षासम्म माध्यामिक तह घोषणा गरि सकेकोले सबै नागरिकका छोराछोरीलाई माध्यामिक तह सम्म निः शुल्क शिक्षाको व्यवस्था गरि पूर्ण रुपमा कार्यान्वयनमा लैजाने । ख) सबै माध्यामिक विद्यालयहरुमा कम्तिमा एक विषय प्राविधिक एवं व्यवसायिक विषय पठनपाठन गराउने । ग) नीजि विद्यालयको हकमा निम्नानुसारको शुल्क तोकी कार्यान्वयन गराउने । क श्रेणीका विद्यालय ख श्रेणीका विद्यालय ग श्रेणीका विद्यालय मासिक शूल्क – ३,०००।– १,५००।– १,०००।– बस – १,५०० १,५००।– खाजा – ४,५००।– अन्य – २,०००।– १,००० ।– १,०००।– जम्मा (मासिक) ११,००० ।– ४,०००।– २,०००।– ३) उच्च शिक्षाको सन्दर्भमा विज्ञान विषय क श्रेणीका कलेज ख श्रेणीका कलेज ग श्रेणीका कलेज भर्ना – ५,०००।– ३,०००।– २,०००।– मासिक शूल्क – २,००० * १२ १,५०० * १२ १,००० *१२ बस – १,००० ह् १२ अन्य – ५,०००।– ५,००० ।– २,०००।– जम्मा (वार्षिक) ४६,००० ।– २६,०००।– १६,०००।– व्यवस्थापन विषय क श्रेणीका कलेज ख श्रेणीका कलेज ग श्रेणीका कलेज भर्ना – ५,०००।– ३,०००।– २,०००।– मासिक शूल्क – १,५००*१२ १,०००* १२ ५०० ह्१२ बस – १,००० * १२ १,०००* १२ अन्य – १,०००।– १,००० ।– १,०००।– जम्मा (वार्षिक) ३६,००० ।– २८,०००।– ९,०००।– मानविकी ÷ शिक्षा विषय क श्रेणीका कलेज ख श्रेणीका कलेज ग श्रेणीका कलेज भर्ना – ३,०००।– २,०००।– १,०००।– मासिक शूल्क – १,०००*१२ १,०००*१२ ५०० *१२ बस – १,००० ह् १२ अन्य – २,०००।– १,००० ।– १,०००।– जम्मा (वार्षिक) २९,००० ।– १५,०००।– ८,०००।– अन्त्यमा सम्पूर्ण साथीहरुलाई धन्यवाद दिदै तेह्रैं महाधिवेशन र यस बैठकको पूर्ण सफलताको कामना गर्दछु । जय नेपाल ! लिलाबल्दव दाहाल (काका) केन्द्रीय सदस्य नेपाल विद्यार्थी संघको पस्तावित केन्द्रीय समितिको संरचनाको विषयमा केन्द्रीय सदस्य श्री लीलाबल्लब दाहाल ‘काका’द्वारा प्रस्तुत संसोधन प्रस्ताव केन्द्रीय समिति संख्या १८१ निर्वाचित १२८, मानोनित ५३ क्र. सं. पद निर्वाचित संख्या मनोनित उपाध्यक्ष – ५ जना, महामन्त्री –२ जना, सह–महामन्त्री –८ जना, सदस्य ३८ जना, (छात्रा –१०, दलित –२, जनजाति –२, मधेसी –२, मुस्लिम १, अल्पसंख्याक –१, पिछडिएको क्षेत्र –१, अपाङ्ग –१, आयोजक जिल्ला १, सम्पूर्ण विश्वविद्यालयहरुको तर्फबाट सर्वोत्कृष्ट अङ्क ल्याउने (टप ३¬ मध्ये) विद्यार्थीहरुमध्ये ९ जना र अन्य ८ जना)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१