जेठ २८ गतेदेखि काठमाडौंमा हुने दशौं इक्यान शैक्षिक मेलाको तयारी पूरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७३, बिहीबार ०७:०७

pपोखरा । नेपाल शैक्षिक परामर्श संघ इक्यानको आयोजनामा यही जेठ २८ गतेदेखि काठमाडौंमा हुने दशौं इक्यान शैक्षिक मेलाको तयारी पूरा भएको छ । इक्यान केन्द्रीय कार्यालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेठ २८ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा हुने मेलाको तयारी पूरा भएको जानकारी दिएको हो । मेलाको लगभग सबै तयारी सकिएको र केही प्राविधिक कार्यहरु मात्रै बाँकी रहेको इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । विगतका बर्षका मेलाहरुको निरन्तरता र अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई सही सूचना दिने उद्देश्यले यसपटक पनि बृहत् शैक्षिक मेला आयोजना गरिएको पाण्डेले बताए । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नु जरुरी छ उनले भने– स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने हाम्रो उद्देश्य एवम् दायीत्व हो । वन अप ईभेन्ट्स एण्ड मिडिया सोलुसन्स प्रा लि को व्यवस्थापन र क्विन्सफोर्ड कलेज अष्ट्रेलियाको प्रस्तुतीमा दशौं शैक्षिक मेला आयोजना हुन लागेको पाण्डेले बताए । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहनेछ । मेलामा नेपालका प्रतिष्ठित शैक्षिक परामर्शदाताहरुबाट वेग्ला वेग्लै स्टलबाट प्रभावकारी सूचना प्रवाह गर्ने व्यवस्था मिलाईएको छ । साथै शैक्षिक मेलामा चारैदिन रक्तदान कार्यक्रम समेत आयोजना गरिने भएको छ । मेलामा अष्ट्रेलिया सरकारले आगामी जुलाईदेखि लागू गर्न लागेको नयाँ भिषा नीति, अमेरिकी दुतावासले जुनदखि विद्यार्थी भिसा आवेदकलाई पेस गर्नुपर्ने आवश्यक कागजातमा गरेको संसोधन, युरोपियन संसदबाट पास भएको विद्यार्थीहरुलाई अनिवार्य प्रतिहप्ता १५ घण्टा काम गर्न दिने सुविधा र पढाई पश्चात कम्तिमा ९ महिनाको काम गर्न पाउने नीति तथा न्युजिल्याण्ड हाईकमिसन दिल्लिले शैक्षिक परामर्श दात्रिलाई जारी गरेको एडभाईजरीका बिषयमा बिशेष प्राथमिकताका साथ सूचना प्रवाह गरिने इक्यानका केन्द्रीय अध्यक्ष पाण्डेले बताए । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, अभिभावक संघ नेपाल, व्रिटिस काउन्सिल, फ्रान्सेली केन्द्र, शैक्षिक पत्रकार संजाल समेतको सहकार्यमा हुने दशौं इक्यान शैक्षिक मेलाको एक लाख पचास हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१